हेलम्बु गाउपालिकाद्वारा २०७६/०७७ को नीति तथा कार्याक्रम सार्वजनिक : पर्यटन, वातावरण, बृद्धबृद्धालाई प्राथमिकता

184

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको ऐतिहासिक पाँचौ गाउँसभामा गाउँपालिकाको नीति तथा कार्यक्रम २०७६/०७७ सार्वजनिक गरिएको छ । सोमबार सो पालिकाको कार्यालयमा भएको भेलामा प्रस्तुत गरिएको नीति तथा कार्याक्रममा पर्यटकिय, बृद्धबृद्धा, वातावरणलगायत विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिइएको छ । नेपालको मौजुदा संविधानको अनुुसुची ८ बमोजिम स्थानीय सरकारलाई एकल सुची तथा अनुसुची ९ मा साझा अधिकार भित्र रहेको आर्थिक, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बन्धि व्यवस्था र त्यसै भागको धारा २३० मा यस संविधानको अधिनमा रही गाउँ कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय सरकारको कानून बमोजिम गाउँसभाले पारित गराउनु पर्ने उल्लेख भए बमोजिम हेलम्बु गाउँपालिकाको आगामी आव २०७६/०७७ को आय तथा व्ययको अनुमानित विवरण सो पालिकाका अध्यक्ष निमाग्याल्जेन लामाले सार्वजनिक गरेको हुन ।


सो नीति तथा कार्यक्रममा हेलम्बुको मात्र नभएर देशकै गौरवको आयोजनाको रुपमा पहिचान बनाउँदै गईरहेको निर्माणाधिन ‘हेलम्बु ग्रेट ट्रेल’ लाई आगामी बजेटमा पहिलो प्राथमिकता दिएको अध्यक्ष लामाले बताए। उनले भने,‘देशमा भएका युवा÷युवती लगायत केही आयआर्जन गर्नकालागि कृषि र पर्यटन हाम्रो प्राथमिकता हो, त्यसमा पनि पर्यटनलाई व्यवसायीक रुपमा अगाडी बढाउनकालागि हेलम्बु ग्रेट टे«लको निर्माण गरेर एक पटक हेलम्बु पुग्ने वातावरण बनाउने उदेश्यले महत्वकाक्षि योजना सुरु गरेको हो, यो योजना सम्पन्न गर्न गाउपालिकालेमात्र नसक्ने भएकाले अब छिमेकी गाउपालिका र नगरपालिकालाई पनि आग्रह गरेर सम्मन्न गर्ने छौ ।’ सो योजना सम्पन्न गर्न उपत्याकाभित्रका महानगरपालिका, उपमहानगर पालिका र नगरपालिकालाई समेत सहयोगकालागि आग्रह गर्ने निर्णय सो गाउसभाले गरेको अध्यक्ष लामाले बताए।


घोप्टेघ्याङ–पाकेडाँडा–ठाडेपाटी– च्योछदी सेमिसिदाङ–भेम्थाङ–ढुक्फु–आमायाङ्ग्री–ज्योमथाङ–शेर्माथाङ बुद्धपार्कसम्म ६० कि.मी को दुरीमा गएर टुँंगीने यस आयोजनाको कुल लागत करिव तीन अर्बको रहेको छ । जसका लागि स्रोत व्यवस्थापनमा सर्वपक्षिय सहभागीताको अपेक्षा राखिएको छ । गोसाईकुण्ड,लाङटाङ जस्ता महत्वपूर्ण पर्यटकीय स्थल नजिकबाट जाने ग्रेट ट्रेलकै बाटोमा लोपोन्मुख रेडपाण्डाको दृश्यावलोकन पनि गर्न सकिने भएकाले सो योजनालाई पहिलो प्राथमिकतामा राखेको उनले बताए। सो ग्रेट टे«लबाट पैदल हिड्दा आमायाङ्ग्री, घोदिज्यो, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, गुरु–रिन्पोन्छे, ककनी, कुटुमसाङ, गोल्फु भञ्ज्याङ, च्योमथली, घोप्टेघ्याङ, थालागाङ, पाल्चोकी माईलगायतका महत्वपूर्ण स्थल, गुम्बा, माने, घ्याङ, मन्दिर आदिको अवलोकन गर्न सकिने व्यवस्था मिलाएको छ ।
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य मुहानसँगै हेलम्बु काठमाडौँ सम्मको करिब २६.५ कि.मी.को मुख्य सुरुङ मार्ग यस गाउँपालिकाको भु–भागमा पर्दछ । सो कार्यक्रममा प्राकृतिक स्रोत साधन, भु–बनौट र राजधानीसँगको निकटताले विकासको प्रवल सम्भावना रहेको, कला संस्कृति, ऐतिहासिक सम्पदा, हावापानीको दृष्टिकोणले पर्यटन विकासमा अब्बल सम्भावना रहेको, जलस्रोत, जडीबुटी, कृषि तथा वनको उचित प्रयोगबाट आर्थिक विकासको अवसर रहेको, मेलम्ची नदि तथा अन्य सहायक खोलालाई सदुपयोग गरि स्थानीय स्तरमा आय आर्जन बढाउन सकिने भन्दै केही आबश्यक बजेट समेत सो विकासमा छुट्टाउने योजना रहेको गाउपालिकाले जनाएको छ । यसैगरी, नीति तथा कार्याक्रममै माछाजन्य उत्पादनले विशेषगरि ट्राउट माछामा आत्मनिर्भरका साथै निर्यात बढेकाले सो व्यवसायलाई व्यवस्थीत गर्न समेत बजेट छुट्टाइने जनाएको छ ।
स्थानीय जनताको प्रत्यक्ष संलग्नता र सहयोगमा स्थानीयसरकारका जनप्रतिनिधीहरुले आवश्यक योजना पहिचान, प्राथमिकिकरण, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया अगाडि बढाएका कारण योजना प्रति जनताको अपनत्वको भावना विकास भई योजनाले दिगोपन समेत हाँसिल गर्न सक्ने भएकोले यसै प्रक्रिया मार्फत नै सम्वृद्ध र नमुना हेलम्बु गाउँपालिकाको परिकल्पना गरिएको अध्यक्ष लामाले बताए ।

Helambu great Trail


स्थानीय सरकार सञ्चालन ऐन २०७४ बाट निर्देशित योजनाका प्राथमिकिकरणका आधार अनुरुप भौतिक पूर्वाधार क्षेत्र सुधार कार्यक्रम, पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिक संरक्षण सम्वद्र्धन कार्यक्रम, गुणस्तरीय शिक्षा, शैक्षिक विकास तथा साक्षरता वृद्धि कार्यक्रम मोटरबाटो, कृषि सडक तथा पर्यटन मार्गको स्तर उन्नती कार्यक्रम तथा आयोजना, स्थानीय स्तरमा आर्थिक विकासको लागि सिपमूलक तथा रोजगार प्रवद्र्धन कार्यक्रम, कृषि उत्पादकत्व र बजारीकरण बढाउने कार्यक्रम, स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन, सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले पिछडिएको दलित, जनजाती, महिलाहरुलाई आयमुलक तथा सिपमूलक कार्यक्रम,जलस्रोत, व्यापार व्यवसाय सुधार कार्यक्रम, गैह्रसरकारी संस्थासंग समन्वय साझेदारी, गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।
नयाँ आर्थिक वर्षको बजेटसंगै प्रत्यक वडा कार्यालयबाट स्थानीय वातावरणलाई सफा र सम्बद्र्धन गर्न २ प्रतिशत रकम अनिवार्यरुपमा छुट्टाउनु पर्ने व्यवस्था मिलाएको अध्यक्ष लामाले बताए। सो रकम स्थानीय वातावरणलाई सफा र स्वच्छ राख्नकालागि आबश्यक परेको खण्डमा खर्च गर्न पाउनेगरी योजना तर्जुमा गर्न गराउन समेत निर्देशन दिएको छ । त्यसैगरी नयाँ बजेटबाटै सरकारले बृद्धबृद्धाहरुलाई उपलव्ध गराउनै आएको बृद्धाभत्तालाई चौमासिक रुपमा गाउपालिकाबाट खटाईएको एक कर्मचारीको सहभागीतामा हातहातमै रकम उपलव्ध गराउने व्यवस्था समेत मिलाएको छ । यसैगरी, सरकारले एकल महिलालाई उपलव्ध गराउदै आएको ‘एकल महिलाभत्ता’ अबदेखि एकल पुरुषललाई पनि उपलव्ध गराउने निर्णय गरिएको अध्यक्ष लामाले बताए । विद्यालयहरुमा उपलव्ध गराउदै आएको भत्तालाई पनि थप गर्ने भएको छ । भने नयाँ आर्थिक वर्षदेखि गाउपालिकाले सुत्केरी महिलालाई मात्र उपलव्ध गराउदै आएको निशुल्क एम्बुलेन्स सेवा अब सर्वसाधारणलाई पनि निशुल्क उपलव्ध गराउने निर्णय भएको अध्यक्ष लामाले बताए ।

यसैबीच, सो गाउपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा हेलम्बु गाउँपालिकाको कुल बजेट एकतिस करोड सन्ताउन्न लाख एकहत्तर हजार चार सय बयानव्वे रुपैँया सत्ताईस पैसा रहेकोमा चालु तर्फ १४ करोड ७२ लाख ७३ हजार र पूँजीगत तर्फ १६ करोडा ३२ लाख ९८ हजार ४९२ रुपैयाँ २७ पैसा रहेका थियो । जसमध्ये हालसम्म ९५ प्रतिशत बजेट कार्यान्वयन भईसकेको जनाइएको छ । यसरी पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चलाई हेर्दा उत्कृष्ठ रुपमा सन्तोषजनक रहेको दाबी अध्यक्ष लामाले गरेका छन् । जिल्लामा पुँजीगत वा विकास बजेटको खर्च गर्ने क्षमतामा हेलम्बु गाउँपालिका अग्रस्थानमा रहेको र पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चले प्रशस्त रोजगारीका अवसरहरु सिर्र्जना भएको जनाइएको छ ।
शिक्षा क्षेत्रमा गाउँपालिकाले आफ्नै शिक्षा ऐन बनाई सो ऐन लागु गरेको छ । गाउँपालिका क्षेत्रभित्रका ३४ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राध्यापकहरुले शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ । अघिल्लो शैक्षिक सत्रमा समुदायिक विद्यालयहरुमा समग्रमा अपेक्षा अनुसार शैक्षिक सुधार भएको हुनाले उक्त कार्यक्रमलाई निरन्तरता दिँएको छ ।
गाउँपालिकाले कृषिको आधुनिकिकरणमा जोड दिएको छ । यसक्रममा १४ वटा हातेट्याक्टर, ११ वटा स्प्रेयर र १४७ वटा प्लाष्टिक टनेल उन्नतजातका धानको विउ १८०० के.जी, मकै छोडाउने मेशिन १८ वटा कम्बाईन थ्रेसर ५ वटा कोदो चुट्ने मेशिन ६ वटा, कृषि चुन १५०० के.जि, २०० स्याउको विरुवा वितरण गरको छ । साथै कृषि क्षेत्र प्रवद्र्धनको लागि हेलम्बु गाउँपालिका भित्र रहेको कृषकहरुको लागि कृषि विषादी, ट्रयाप लगायतका सामानहरु वितरण गरिएको विवरण प्रगतीको सूचीमा राखेको छ ।
गाउँपालिकाको पशु सेवा शाखा बाट पशुलाई यस आ.व मा ४५५३ वटा पशुलाई खोरेत, पि.पि.आर भ्यागुत्ते रोगको खोप दिएको छ । ३४९६ पशुहरुलाई मेडिकल उपचार सेवा उपलब्ध गराइएको छ । पशु विमा कार्यक्रम मार्फत कृषकहरुलाई ४ लाख १० हजार बरावरको बीमा भुक्तानी गरिएको, २७५ गाई तथा भैँसीलाई कृत्रिम गर्भाधारण गराईएको, गाउँपालिकाका सवै वडाहरुमा नश्लसुधार कार्यक्रम सञ्चालन भईरहेको उल्लेख छ । सुख्खा यामको लागि लेकाली भेगमा राई घाँसको ५० किलो विऊ वितरण गरि छर्ने कार्य भएको र वेसी भेगको लागि ४५५ किलो जै घाँसको विऊ वितरण गरि छर्ने कार्य गरेको छ । त्यसै गरि हेलम्बु गाउँपालिका भित्र रहेको ६ वटा वडाहरुमा ६०० वटा लोकल कुखुरार बाँकि वडा नं ६ मा ह्याचरी मेशिन अनुदान कार्यक्रम सञ्चालन गरेको छ । दुग्ध पदार्थको प्रशोधन गरि व्यवसायिक रुपमा अगाडि बढाउनको लागि २२ जना कृषकलाई ३ दिने दुग्ध परिकार बनाउने सम्बन्धि तालिम सञ्चालन गरेको छ ।
हेलम्बु गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरेको छ । हेलम्बु क्षेत्रभित्र मापदण्ड नपु¥याई सञ्चालनभएका स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पु¥याई सञ्चालन गर्न सचेत गराईएको छ । यस क्रममा केहि स्वास्थ्य संस्थाहरु बन्द भएका छन भने सबै वडामा सरकारी स्वास्थ्य संस्थाको पहुँच पु¥याई आवश्यक जनशक्ति तथा औषधी उपकरणको व्यवस्था गरि सेवा सञ्चालन गरिएको छ । साथै अन्य स्वास्थ्य चौकीहरुमा नियमित औषधी आपूर्ति भई औषधी अभाव नहुने अवस्था सिर्जना भएको छ । यस आ.व.मा पनि पूर्ण खोपको दिगोपन कायम भएको छ । माहाँकाल स्वास्थ्य चौकीलाइ बर्थिङ सेन्टरको रुपमा विकास गरिएको छ । गर्भवति र सुत्केरी अवस्थामा देखिने जटिलताहरुलाइ कम गर्न भिडियो एक्स–रे मेशिन र तालिम प्राप्त जनशक्तिको ब्यबस्था गरिएको छ । जटिल तथा आकस्मिक अवस्थामा बिरामी ओसार प्रसार गर्न परेको कठिनाईलाइ ध्यान दिदै चालु आ.ब.मा एक थप नयाँ एम्बुलेन्सको ब्यबस्था गरिएको छ । जसबाट सर्बसाधारणको ब्ययभार, तनाव र मृत्युदरलाई घटाउने अपेक्षा राखिएको छ । महिला स्वास्थ्य स्वयं सेविकालाई उचित प्रोत्साहन गरि सकारात्मक कार्यकोवातावरण निर्माण गरिएको छ । गाउँपालिकाका ५ स्थानमा गाउँघर क्लिनिकका भवनहरु निर्माण सम्पन्न भएको छ ।

हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/०७७ कोप्रस्तावित नीति तथा कार्यक्रमको पूर्णपाठ । (डाउनलोड समेत गर्न सकिन्छ )

हेलम्बु गाँउपालिकाको पाँचौँ गाउँसभामास्थानीय सरकारद्वारा
प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को
प्रस्तावितनीति तथा कार्यक्रम

गाउँसभाकाअध्यक्ष ज्यू तथा सम्मानीत गाउँसभाका सदस्य ज्यूहरु।

सर्वप्रथम आज यस हेलम्बु गाउँपालिकाको ऐतिहासिक पाँचौ गाउँसभामा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित महशुस गरेको छु । स्थानीयसरकारलाई यहाँसम्म अधिकार सम्पन्न गराउने शिलसिलामा थुप्रै ज्ञात, अज्ञात शहिदहरुले आफ्नो जीवनको उत्सर्ग गरेका छन् । ती सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहान्छु । नेपाली जनताले २००७, साल २०३६, २०४६ हुँदै २०६३ सालको पटक÷पटकको जन–आन्दोलन र संघर्षहरुले नेपाली जनतालाई अधिकार सम्पन्न गराउने विषयमा मुख्य भूमिका खेलेका छन् ।
यी सबै आन्दोलनको क्रममा यस हेलम्बु भेगका जनताहरुको पनि महत्वपूर्ण योगदान रहेको स्मरण गर्न चाहान्छु ।नेपालको मौजुदा संविधानको अनुुूची ८ बमोजिम स्थानीय सरकारलाई एकल सुची तथा अनुसुची ९ मा साझा अधिकार भित्र रहेको आर्थिक, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बन्धि व्यवस्था गरिएको छ । त्यसैभागको धारा २३० मा यस संविधानको अधिनमा रही गाउँ कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय सरकारको कानून बमोजिम गाउँसभाले पारित गराउनु पर्ने उल्लेख भए बमोजिम यसै आधारमा रहेर हेलम्बु गाउँपालिकाको आगामी आ.व.२०७६/०७७ को आय तथा व्ययको अनुमानित विवरण यस गाउँसभा समक्ष प्रस्तुत गरि पारित गर्न लागिएको छ ।

पृष्ठभूमि,
सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित यस हेलम्बु गाउँपालिका साविकको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरि ५ वटा गा.वि.स. मिलाएर हेलम्बु गाउँपालिका गठन भएको हो ।यस गाउँपालिकाको अधिकाशं भू–भाग पहाड र सुन्दर डाँडापाखाले भरिएकोछ भने यस गाउँपालिकाको क्षेत्रफल २८७.२६ वर्ग कि.मी रहेको छ २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १७६७१ रहेको छ ।
यस गाउँपालिकाको पूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका पश्चिममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका र रसुवा जिल्ला उत्तर पाँचपोखरी थाङपाल र रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका र दक्षिणमा मेलम्ची नगरपालिका रहेको छ । साथै यस गाउँपालिका समुन्द्र सतहबाट करिब ९०० मिटर उचाई देखि ५००० मिटर सम्मको उच्च भू–भागमा पर्दछ ।हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट आमा याङ्ग्रीको काखमा अवस्थित रहेको छ । माथिल्लो भू–भागमा ह्योल्मो र तामाङ जातिको बाहुल्यता रहेकोर तल्लो बेसी भू–भागमा विशेष गरि खस, आर्य, दशनामी र दलित समुदायजातिका ब्यक्तिहरुको बसोबास रहेको छ ।

हेलम्बुको मात्र हैन देशकै गौरवको आयोजनाको रुपमा पहिचान बनाउँदै गईरहेको निर्माणाधिन हेलम्बु ग्रेट ट्रेल हाम्रो सिर्जना हो, शान हो र भविष्य पनि हो । घोप्टेघ्याङ–पाकेडाँडा–ठाडेपाटी–च्योछदी सेमिसिदाङ–भेम्थाङ–ढुक्फु–आमायाङ्ग्री–ज्योमथाङ–शेर्माथाङ–बुद्धपार्कसम्म करिव ६० कि.मी को दुरीमा गएर टुँंगीने यस आयोजनाको कुल लागत करिव तीन अर्ब हुनेछ,जसका लागि स्रोत व्यवस्थापनमा सर्वपक्षिय सहभागीताको अपेक्षा राखिएको छ । गोसाईकुण्ड,लाङटाङ जस्ता महत्वपूर्ण पर्यटकीय स्थल नजिकबाट जाने ग्रेट ट्रेलकै बाटोमा लोपोन्मुख रेडपाण्डाको दृश्यावलोकन पनि गर्न सकिन्छ । चिनको ग्रेटवालको झल्को दिने आयोजनाको सम्पन्नता सँगै समग्र हेलम्बु र आसपासका वस्तीहरुको मुहार फेरिने अपेक्षा राखिएको छ ।

आमायाङ्ग्री, घोदिज्यो, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, गुरु–रिन्पोन्छे, ककनी, कुटुमसाङ, गोल्फु भञ्ज्याङ, च्योमथली, घोप्टेघ्याङ,थालागाङ, पाल्चोकी माईलगायतका महत्वपूर्ण स्थल, गुम्बा, माने, घ्याङ, मन्दिर आदिको अवलोकन गर्दा त्यहाँ पुग्ने जो कोहिको मनै लोभ्याउने हुन्छ । यहाँका ह्योल्मो समुदायको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरण र पर्यटकीय दृष्टिकोणले गर्दा यस क्षेत्रमहत्वपूर्ण रही आएको छ ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य मुहानसँगै हेलम्बु काठमाडौँ सम्मको करिब २६.५ कि.मी.को मुख्य सुरुङ मार्ग यस गाउँपालिकाको भु–भागमा पर्दछ । गाउँपालिकामामेलम्ची खानेपानी आयोजनाको मुहान र अन्य खोलाहरु, गोहोरेखोला, ग्याल्थुम खोला, तिम्बु खोला समेत गरि सा–साना ठुला खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पु¥याइरहेको छ । यस गाउँपालिकाको माथिल्लो क्षेत्रकोअधिकांस भू–भाग वनजंगलले ढाकिएको छ भने पालिकाको मुख्य व्यापारिक केन्द्रहरुग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायतका स्थानहरुहुन ।

१.१. सवल पक्ष
प्राकृतिक सौन्दर्यता र स्वच्छ वातावरण भएको ।
धार्मिक विविधता तथा सांस्कृतिक सम्पदाहरु प्रसस्त भएको ।
कृषि योग्य तथा उब्जाऊ भूमि भएको ।
पर्यटन व्यवसायको उच्चतम सम्भावन रहेको ।
राष्ट्रिय बहुचर्चित मेलम्ची खानेपानीको मुहान भएको ।
हिमाली जडिबुटीको स्रोत प्रचुर मात्रामा सम्भावना रहेको ।
स्याउ खेती तथा रेन्वोट्राउट माछाको लागि परिचित रहेको ।
हेलम्बु ग्रेट ट्रेल र नमूना विद्यालयको कार्य प्रारम्भ भएको ।
विश्वको दूर्लभ रेडपाण्डा रहेको ।
धार्मिक र पर्यटकीय क्षेत्र गुरु–रिन्पोन्छे, मिलारेप्पा जस्ता तपस्या भूमी रहेको ।
धार्मिक क्षेत्रको हिसावले पाल्चोकी माइ र माहाँकाली निन्देश्वरी मन्दिर रहेको ।
गाउँपालिका भित्र विभिन्न समुदाय र संस्कृती अवलोकन गर्न सक्ने बस्ती रहेको ।
यस गाउँपालिका भित्र विभिन्न स्थानमा ऐतिहासिक गुम्बाहरु रहेको ।

१.२.दूर्वल पक्ष
आवश्यकदक्ष तथा सिपयुक्तजनशक्तिको कमी ।
सामाजिकजनचेतनाको कमी ।
विशेषज्ञ स्तरको स्वास्थ्य सेवा उपलब्ध नरहेको ।
जटिल भौगोलिक अवस्थिती रहेको ।
स्थानीय स्तरमा रहेको स्रोत साधनको समुचित प्रयोग हुन नसकेको ।
ग्रामिण सडकहरुको अवस्था सुधारोन्मुख रहेता पनि यातायातमा केहि कठिनाई रहेको ।
गुणस्तरीय र प्राविधिक शिक्षाको कमी ।

१.३. अवसर
हेलम्बु, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चित नाम हुनु नै एउटा सुनौलो सम्भावना र अवसर पनि हो ।
प्राकृतिक स्रोत साधन, भु–बनौट र राजधानीसँगको निकटताले विकासको प्रवल सम्भावना रहेको ।
कला संस्कृति, ऐतिहासिक सम्पदा, हावापानीको दृष्टिकोणले पर्यटन विकासमा अब्बल सम्भावना रहेको।
जलस्रोत, जडीबुटी, कृषि तथा वनको उचित प्रयोगबाट आर्थिक विकासको अवसर रहेको ।
अविरल बगिरहने मेलम्ची नदि तथा अन्य सहायक खोलालाई सदुपयोग गरिस्थानीयस्तरमा आय आर्जन बढाउन सकिने ।
स्याउ, आलु, चिया, अलैँची, किवि जस्ता तुलनात्मक लाभका नगदेवालीहरुको राम्रो उत्पादन हुने गरेको ।
माछाजन्य उत्पादनले विशेषगरि ट्राउट माछामा आत्मनिर्भरका साथै निर्यात बढेको छ ।
शैक्षिक क्षेत्रको विकासका लागि १ क्याम्पस ९ मा.वि. र २५ आधारभूत तहले नै साक्षरता अभिवृद्धि गर्न सकिने ।
बैदेशिक रोजगारीबाट उच्च विप्रेषण रकम प्राप्त हुने हुँदा यसलाई सदुपयोग गर्न सकेमा उच्च लाभ हासिल गर्न सकिने ।
काठमाडौँबाट अति नजिकको दुरीमा रहेको पर्यटकीय गन्तव्य ।

१.४. चुनौती
सिमित स्रोत र साधनले शिक्षाको गुणस्तर अभिवृद्धि र साक्षरता दर बढाउनुपर्ने।
परम्परागत खेतीलाई व्यवसायीकरण र आधुनिकीकरणकोरुपमा विकासगर्नु पर्ने ।
कर्मठ युवाहरु विदेशीने प्रवृत्ति तथा बसाई–सराईलाईन्यूनीकरण गर्न आवश्यक योजना तर्जुमा गर्नुपर्ने ।
पर्यटन प्रवद्र्धनको लागि आवश्यक प्रचार–प्रसार, भौतिकपूर्वाधार तथा तालिम प्राप्त जनशक्तिको व्यवस्थापन । हेलम्बु क्षेत्रमा स्थानीय रुपमा उत्पादन हुने खाद्यान्न, नगदेवाली, दुग्धजन्य पदार्थ लगायतका वस्तुहरुको प्रचार प्रसार र बजार व्यवस्थापन ।

१.५.बार्षिकनीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि अपनाईएको पद्धति

सहभागितात्मक गाउँपालिकाको योजना तर्जुमा पद्धति तथा लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा आधिकारिक रुपमा सहभागिता गराई विकेन्द्रीकरणको माध्यमबाट आफ्नो विकास आफै गर्न आन्तरिक स्रोत साधनको पहिचान र परिचालन गर्न प्रत्येक गाउँ, टोल, बस्ती, वडास्तरीय भेला गराई विभिन्न स्थानीय वासी, बुद्धिजीवी, राजनीतिक दलहरु, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावको आधारमा योजना तर्जुमा समिति, एकिकृत योजना तर्जुमा समिति हुँदै, समुदायका जनताको भावना र चाहना अनुरुप योजना तथा कार्यक्रमहरुलाई प्राथमिकिकरण गर्दै कार्यान्वयनका लागि गाउँपालिकाकोयोजना तथा कार्यक्रममा समावेश गरिएको छ ।

स्थानीय जनताको प्रत्यक्ष संलग्नता र सहयोगमा स्थानीयसरकारका जनप्रतिनिधीहरुले आवश्यक योजना पहिचान, प्राथमिकिकरण, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया अगाडि बढाएका कारण योजना प्रति जनताको अपनत्वको भावना विकास भई योजनाले दिगोपन समेत हाँसिल गर्न सक्ने भएकोले यसै प्रक्रिया मार्फत नै सम्वृद्ध र नमुनाहेलम्बु गाउँपालिकाकोपरिकल्पना गरिएको छ ।

१.६. आयोजना प्राथमिकिकरणका आधारहरु :

नेपाल सरकारबाट स्थानीय सरकारसञ्चालनऐन २०७४ बाट निर्देशित योजनाका प्राथमिकिकरणका आधार अनुरुप तयार गरियोजना तर्जुमा गरिएको छ ।
भौतिक पूर्वाधार क्षेत्र सुधार कार्यक्रम
पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिक संरक्षण सम्वद्र्धन कार्यक्रम
गुणस्तरीय शिक्षा, शैक्षिक विकास तथा साक्षरता वृद्धि कार्यक्रम
मोटरबाटो, कृषि सडक तथा पर्यटन मार्गको स्तर उन्नती कार्यक्रम तथा आयोजनाहरु
स्थानीय स्तरमा आर्थिक विकासको लागि सिपमूलक तथा रोजगार प्रवद्र्धन कार्यक्रम
कृषि उत्पादकत्व र बजारीकरण बढाउने कार्यक्रम
स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन
सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले पिछडिएको दलित, जनजाती, महिलाहरुलाई आयमुलक तथा सिपमूलक कार्यक्रम
जलस्रोत, व्यापार व्यवसाय सुधार कार्यक्रम
गैह्र सरकारी संस्थासंग समन्वय साझेदारी
गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम

खण्ड २
चालु आ.ब. २०७५/७६ को समिक्षा
सभाध्यक्ष महोदय
,
अवम चालु आर्थिक वर्षको वर्तमान स्थिति बारे जानकारी गराउने अनुमती चाहान्छु । गत आर्थिक वर्षको हेलम्बु गाउँपालिकाको कुल बजेट ३१०५७१४९२।२७(एकतिस करोड सन्ताउन्न लाख एकहत्तर हजार चार सय बयानव्वे रुपैँया सत्ताईस पैसा) रहेको थियो । त्यस मध्ये चालु तर्फ १४७२७३०००।– (चौध करोड बहत्तर लाख त्रिहत्तर हजार) र पूँजीगत तर्फ १६३२९८४९२।२७ (सोह्र करोड बत्तिस लाख अन्ठानव्बे हजार चार सय बयानब्बे रुपैँया सत्ताईस पैसा) रहेका थियो । जसमध्ये हालसम्म ९५ प्रतिशत बजेट कार्यान्वयन भईसकेको छ ।

यसरी पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चलाई हेर्दा उत्कृष्ठ रुपमा सन्तोषजनक रहेको छ । जिल्लामा पुँजीगत वा विकास बजेटको खर्च गर्ने क्षमतामा हेलम्बु गाउँपालिका अग्रस्थानमा रहेको छ । पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चले प्रशस्त रोजगारीका अवसरहरु सिर्र्जना भएको छ ।

शिक्षा क्षेत्रमा गाउँपालिकाले आफ्नै शिक्षा ऐन बनाई सो ऐन लागु गरेको छ । गाउँपालिका क्षेत्रभित्रका ३४ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ भने प्राध्यापकहरुले शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ । अघिल्लो शैक्षिक सत्रमा समुदायिक विद्यालयहरुमा समग्रमाअपेक्षा अनुसारशैक्षिक सुधार भएको हुनाले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै लगिने छ । गाउँपालिका भित्र शैक्षिक सुधार, सिकाई उपलब्धी वृद्धि तथा कमजोर विद्यार्थीहरुलाईप्राथमिकता दिने शैक्षिक क्रियाकलापमा आधारित शिक्षक डायरी र झोला सवै शिक्षकहरुलई एक दिने प्रवोधिकरण गरि वितरण गर्ने कार्य गरेको । साथै हेलम्बु गाउँपालिका भित्र रहेको शिक्षा कुन हिसावले शैक्षिक सुधार हुँदै छ भन्ने मूल्याङन गर्नको लागि गाउँपालिकाले कक्षा ५ र कक्षा ८ को परिक्षा गाउँपालिका स्तर बनाई शिक्षक र विद्यार्थीको शैक्षिक मूल्याङ्न प्रक्रिया अगाडि बढाएको छ ।

गाउँपालिकाले कृषिको आधुनिकिकरणमा जोड दिएको छ । यसक्रममा १४ वटा हातेट्याक्टर, ११ वटा स्प्रेयर र १४७ वटा प्लाष्टिक टनेल उन्नतजातका धानको विउ १८०० के.जी, मकै छोडाउने मेशिन १८ वटा कम्बाईन थ्रेसर ५ वटा कोदो चुट्ने मेशिन ६ वटा, कृषि चुन १५०० के.जि, २०० स्याउको विरुवा वितरण गरको छ । साथै कृषि क्षेत्र प्रवद्र्धनको लागि हेलम्बु गाउँपालिका भित्र रहेको कृषकहरुको लागि कृषि विषादी, ट्रयाप लगायतका सामानहरु वितरण गरिएको छ ।

यस हेलम्बु गाउँपालिकाको पशु सेवा शाखा बाट पशुलाई यस आ.व मा ४५५३ वटा पशुलाई खोरेत, पि.पि.आर भ्यागुत्ते रोगको खोप दिएको छ । ३४९६ पशुहरुलाई मेडिकल उपचार सेवा उपलब्ध गराइएको छ । पशु विमा कार्यक्रम मार्फत कृषकहरुलाई ४,१०,०००बरावरको विमा भुक्तानी गरिएको छ । यसैगरि२७५ गाई तथा भैँसीलाई कृत्रिम गर्भाधारण गराईएको छ । गाउँपालिकाका सवै वडाहरुमा नश्लसुधार कार्यक्रम सञ्चालनभईरहेको छ । त्यसै गरि पशु विमा कार्यक्रम अन्तर्गत घुम्ती गोठ सञ्चालकहरुको लागि १९५ वटा चौरी, याक, झोप्यो हरुलाई पूर्ण अनुदानमा विमा कार्यक्रम सञ्चालन गरको छ । हेलम्बु गाउँपालिका भित्र पशु बन्ध्याकरण उपकरण ४ वटा वितरण गरेको । सुख्खा यामको लागि लेकाली भेगमा राई घाँसको ५० किलो विऊ वितरण गरि छर्ने कार्य भएको र वेसी भेगको लागि ४५५ किलो जै घाँसको विऊ वितरण गरि छर्ने कार्य गरेको छ । त्यसै गरि हेलम्बु गाउँपालिका भित्र रहेको ६ वटा वडाहरुमा ६०० वटा लोकल कुखुरार बाँकि वडा नं ६ मा ह्याचरी मेशिन अनुदान कार्यक्रम सञ्चालन गरेको छ । दुग्ध पदार्थको प्रशोधन गरि व्यवसायिक रुपमा अगाडि बढाउनको लागि २२ जना कृषकलाई ३ दिने दुग्ध परिकार बनाउने सम्बन्धि तालिम सञ्चालन गरको छ ।

हेलम्बु गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरेको छ । हेलम्बु क्षेत्रभित्र मापदण्ड नपु¥याई सञ्चालनभएका स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पु¥याई सञ्चालन गर्न सचेत गराईएको छ । यस क्रममा केहि स्वास्थ्य संस्थाहरु बन्द भएका छन भने सबै वडामा सरकारी स्वास्थ्य संस्थाको पहुँच पु¥याई आवश्यक जनशक्ति तथा औषधी उपकरणको व्यवस्था गरि सेवा सञ्चालन गरिएको छ । साथै अन्य स्वास्थ्यचौकीहरुमानियमित औषधी आपूर्ति भई औषधी अभाव नहुने अवस्था सिर्जना भएको छ । यस आ.व.मा पनि पूर्ण खोपको दिगोपन कायम भएको छ । माहाँकाल स्वास्थ्य चौकीलाइ बर्थिङ सेन्टरको रुपमा विकास गरिएको छ,गर्भवति र सुत्केरी अवस्थामा देखिने जटिलताहरुलाइ कम गर्न भिडियो एक्स–रे मेशिन र तालिम प्राप्त जनशक्तिको ब्यबस्था गरिएको छ,जटिल तथा आकस्मिक अवस्थामा बिरामी ओसार प्रसार गर्न परेको कठिनाईलाइ ध्यान दिदै चालु आ.ब.मा एक थप नयाँ एम्बुलेन्सको ब्यबस्था गरिएको छ ।जसबाट सर्बसाधारणको ब्ययभार,तनाव र मृत्युदरलाई घटाउने अपेक्षा राखिएको छ ।महिला स्वास्थ्य स्वयं सेविकालाई उचित प्रोत्साहन गरि सकारात्मक कार्यकोवातावरण निर्माण गरिएको छ । गाउँपालिकाका ५ स्थानमा गाउँघर क्लिनिकका भवनहरु निर्माण सम्पन्न भएको छ ।

सडक तथा अन्य
राजधानी काठमाडौँलाई चीनसँग जोड्ने बैकल्पिक मार्गको रुपमा विकास गर्नको लागि हेलम्बु गाउँपालिकाको सर्कथली देखि रसुवाको स्याफ्रुसम्म जोड्ने सुरुङमार्ग निर्माणको पूर्व सम्भाव्यता अध्ययन प्राविधिक कारणले हुन नसकेको हुनाले सो कार्यलाई यस आ.व मा उक्त सडकको ( Fisibility Report तयार गर्ने कार्य अगाडि बढाईने छ । साथै हेलम्बु गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट प्राप्त विशेष तथा समपुरक अनुदान यस आ.व.को अन्त्य चैतमा मात्र प्राप्त भएकोले सो अनुदानबाट बहुवर्षिय प्रकिया अपनाइ हेलम्बु मोडल विद्यालय (ज्याम्बेयाङ आधारभूत विद्यालय), ५ र ६ नं वडा कार्यालय भवन निर्माण, काल्लुङखोला खरबुजे छाजोगाङ च्योमथली गोम्देन सडक, चनौेटे पाल्चोक देवीथान नागीडाँडा मोटरबाटो, ढु्रग्रेबजार ग्याल्थुम च्योमथली गोल्फुभंज्याङ सडक, चनौटे इचोक तार्तुङ नालुङखर्क कुटुम्साङ (गोसाइकुण्ड मार्ग), चनौटे पातिङ कुटुम्साङ सडकको बोलपत्र आह्वान गरी कार्य शुरु समेत गरीसकेको र यस आ.व.मा कम्तीमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएको छौ ।

सभाध्यक्ष महोदय,
खण्ड ३
आगामी आ.ब. २०७६/७७ को नीति, बजेट तथा कार्यक्रम

३.१. सोचः“हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण”, भन्ने संकल्प राखिएकोे छ ।

३.२. लक्ष्यः 
यस हेलम्बु गाउँपालिकामा आगामी वर्षमा हेलम्बु ग्रेट ट्रेल, मोडल विद्यालय जस्ता महत्वपूर्ण भौतिक पूर्वाधार,कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, उर्जा विकास तथा उद्यमशिलता विकास गर्ने लक्ष्य राखिएको छ । साथै पर्यटकीय दृष्टिकोणले हेलम्बु सेमिसिदाङ हुँदै लाङटाङ जाने पर्यटन मार्ग, हेलम्बु गाङ्जाला पास हुँदै लाङटाङको क्यान्जेन गुम्बा जाने पर्यटन मार्ग, हेलम्बु भेम्थाङमा बेस क्याम्प स्थापना गरि त्यस भेगमा स्की ट्रेनिङ सेन्टर (क्पष् त्चबष्ललष्न ऋभलतभच) बनाउने लगायत महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

३.३. उद्देश्यः 
हेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनेसंकल्प अनुरुप क्षेत्रगत योजनाहरुलाई प्राथमिकीकरण गरि उपभोक्ताहरुसंग चैत्र मसान्त भित्रै सम्झौता गर्ने तथा कार्यान्वयनमा ल्याउने र स्थलगत अनुगमन तथा निरिक्षणगरियोजनाहरु समयमा नै सम्पन्न गर्ने उद्देश्य राखिएकोे छ ।

३.४ अपेक्षितउपलब्धी :
यस हेलम्बु गाउँपालिकाको आ.व. २०७६/७७को बजेट तथा कार्यक्रमको जुन उद्देश्य राखि तयार गरिएको छ, त्यसलाई सार्वजनिक, सामुदायिक र निजी क्षेत्रको सहकार्यबाट हासिल गर्न अधिकतम पहल गरिने छ ।सम्पूर्ण वडा कार्यालयहरु बाह्रै महिना सञ्चालनहुने सडक सञ्जालले जोड्न तर्फ विशेष पहल गरिने छसाथै सम्पूर्ण सरकारी कार्यालयहरुमा विद्युत र सञ्चारको व्यवस्था गर्ने तर्फ जोड दिईने छ ।सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त र जनमुखी हुने छ । फलफुल र तरकारी जन्य वस्तुको उत्पादनमा आत्मनिर्भरता तर्फ अगाडि बढाईने छ । जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने छ । निर्माण आरम्भ भएको हेलम्बु ग्रेट ट्रेल र नमुना विद्यालयले निर्माणमा तिव्रता प्राप्त गर्नेछ साथै उपरोक्त कारणहरुले गर्दा वार्षिक अधिकतम पर्यटकले हेलम्बु गाउँपालिका भ्रमण गर्न सघाउ पुग्ने छ ।

३.५ वार्षिक बजेट कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख आधारहरु
३.५.१.बजेट निर्माणका आधारहरु
नेपालको मौजुदा संविधान
स्थानीय सरकार सञ्चालनऐन
चौधौँ आवधिक योजना
जनसंख्या र भौगोलिक वनावट
वस्ती स्तरबाट आएका मागहरु ।
वडा स्तरबाट माग भई आएका कार्यक्रमहरु
विषयगत समितिबाट सिफारिस भई आएका कार्यक्रमहरु
सरोकारवाला निकाय तथा समुहहरुसँग भएको छलफलबाट पाएका सुझावहरु

३.५.२ बजेटका आर्थिक आधारहरु
नेपाल सरकारबाट विनियोजित रकम
प्रदेश सरकारबाट प्राप्त हुने रकम
राजश्व बाँडफाडबाट प्राप्त हुने रकम
आन्तरिक स्रोत मार्फत संकलन हुने रकम
विभिन्न गैर सरकारी संघ संस्थाबाट प्राप्त हुने सहयोग

३.६ मुख्य मुख्य आयोजना र क्रियाकलापहरुः
हेलम्बु गाँउपालिकाको पाचौँ गाउँसभामा आर्थिक बर्ष २०७६/७७को लक्ष्य, उद्देश्य, नीति एवं रणनीतिहरुलाई मध्यनजर गरिनीति तथा कार्यक्रम तयार गरिएको छ । योजनावद्ध विकास नै दिगो विकासको मुलभूत आधार भन्ने सैद्धान्तिक मान्यता अनुरुप आगामी आर्थिक बर्षका लागि गाँउपालिकाकोनिम्नानुसारको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

. हेलम्बु गाउँपालिका बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङ्गगुफा– सेमिसिदाङ्ग– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङ सम्महेलम्बु हिमालयन पदमार्ग, (त्जभ ज्भबिmदग ज्ष्mबबिथबल न्चभबत त्चबष्०ि निर्माण कार्य यस आ.व मा ६० मिटर निर्माण भईसकेको र सो कार्य सकारात्मक र बहुचर्चित भएको हुनाले उक्त कार्यलाई निरन्तरता दिँदै लगिने छ । साथै चालु आर्थिक वर्षमा संघ र प्रदेशको गौरवको आयोजनामा समावेश गर्नको लागि विशेष पहल गरिने छ । यस महत्वाकांक्षी योजनाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न तथा आउँदा दिनहरुमा पर्यटन प्रवद्धर्नमा सघाउ पु¥याउँछ, त्यसैले सिन्धुपाल्चोकलगायत छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि उक्त गौरवको आयोजनामा लगानीको हात बढाउन आह्वान गर्दछौँ ।

हेलम्बु गाउँपालिकाको मुहानबाट लगिएको मेलम्ची(हेलम्बु)खानेपानीले उपत्यका वासीलाई खानेपानीको सहज आपूर्ती हुने विश्वास लिईएको छ । यसले हेलम्बुवासी र उपत्यका वासीहरुको पौराणिक काल देखि रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउन पुलको काम गर्नेछ । स्थानीय सिप, ढुङ्गा र जनशक्तिबाट नै निर्माण भईरहेको ऐतिहासिक ग्रेट ट्रेल सम्पन्न गर्नको लागि काठमाण्डौँ उपत्यका भित्रका सवै महानगरपालिका तथा नगरपालिकाहरु, लगायत सम्पूर्णमा सहयोगको लागि आह्वान गर्दछौँ । साथै आ–आफ्नो लगानीमा बनेका पर्खालका क्षेत्रहरुमा ईतिहासलाई जिवित राख्न सम्बन्धित पक्षको नाम लेख्न सक्ने सुविधा समेत प्रदान गरिएको छ ।

हेलम्बु गाउँपालिकाबाट लाङटाङ जोड्ने गोञ्जाला पास रसेमिसिदाङ पर्यटन मार्गलाई ग्रेट ट्रेल सँग जोडि पर्यटन मार्गको रुपमा विकास गर्नको लागि संघ र प्रदेश सरकार सँग समन्वय गरि छिटो भन्दा छिटो निर्माण गर्न तर्फ अगाडि बढाईने छ ।

. यस आ.व मा नेपाल सरकार शहरि विकास मन्त्रालयको कार्यक्रममा समावेश भएकोहेलम्बु गाउँपालिकामा स्मार्ट सिटिको लागि बजेट विनियोजन भएको हुँदा उक्त स्मार्ट सिटिलाई (हेलम्बुसाँस्कृतिक सम्पदा सिटि)को रुपमा विकास गर्नको लागि विशेष पहल गरिने छ ।

. हेलम्बु गाउँपालिकामा पर्यटन तथा आन्तरिक स्रोत वृद्धि गर्नको लागि गाउँपालिका, स्थानीय वासिन्दा र निजी कम्पनीहरुको संयुक्त लगानीमा पर्यटन प्रवद्र्धनको लागि “हेलम्बु–गोसाईकुण्ड” केवलकारको निर्माण सँगैै प्याराग्लाईडिङ, बञ्जिजम्पीङ, क्यानोनीङसंभाव्यता अध्ययन गर्ने कार्यक्रममा राखिएकोमा प्याराग्लाईडिङ, बञ्जीजम्पीङ, क्यानोनीङ अध्ययन गर्ने कार्य सम्पन्न भएको र केवुलकार संभाव्यता अध्ययनप्राविधिक कारणले गर्दा नसकिएकोले उक्त कार्यक्रमलाई निरन्तरता दिईने छ । साथै अध्ययन भईसकेको प्याराग्लाईडिङ, बञ्जिजम्पीङ, क्यानोनीङ लाई सञ्चालनमा ल्याउन निजि क्षेत्रसँग समन्वय गरि छिटो भन्दा छिटो सञ्चालनमा ल्याईने छ ।

. हेलम्बु गाउँपालिकाभित्र विभिन्न निकायमा कार्यरत अस्थायी/करार/ दैनिक ज्यालादरी तथा स्थायी कर्मचारीहरुको लागि दुर्घटना, जटिल स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थामा सहयोग पुग्ने गरि एउटा शिक्षक सुरक्षा कोष र कर्मचारी सुरक्षा कोष र साविक स्थानीय निकायबाट स्थायीनियुक्ति लिई यस गाउँपालिकामा खटि आएका कर्मचारीहरुको लागि कल्याणकारी कोषको व्यवस्था गरिने छ ।साथै अस्थायी शिक्षक तथा अस्थायी÷करार÷दैनिक ज्यालादारी कर्मचारीको लागि गाउँपालिका स्तरीय अस्थायी अवकाश कोषको स्थापना गरिसकेको हुनाले उक्त अवकाश कोषलाई निरन्तरता दिईने छ । साथै यस आ.व मा विद्यालयकाविद्यालय सहयोगीहरुको लागि थप भत्ता २००० (दुई हजार) तथा पोषाक भत्ताको व्यवस्था गरिनुका साथै विद्यालयमा कार्यरत अन्य शिक्षकहरुलाई तलव वृद्धि भएको तर वाल विकास सहजकर्ता र मा.वि मा कार्यरत लेखापाल हरुको को तलव नबढेको हुनाले उक्त सहजकर्ताहरुको लागि ५०० (पाँच सय) थप गरि जम्मा ४५०० लेखापालको लागि रु ५०० (पाँच सय) थप गरि ४५००गाउँपालिकाको तर्फबाट खाजा भत्ताको रुपमा उपलब्ध गराउनेछ । साथै गाउँपालिकामा सञ्चालनरहेको सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई (रु ५०० थप गरि) आ.वि लाई १५०० र मा.वि लाई २००० गाउँपालिकाले प्र.अ भत्ताको व्यवस्था गर्नेछ ।

५. हेलम्बु गाउँपालिका भित्र कार्यरत घर पायक नभएका शिक्षक तथा कर्मचारीहरुको लागि गाउँपालिकाको विभिन्न स्थानहरुमा शिक्षक तथा कर्मचारी आवास गृह निर्माण गर्ने कार्य अगाडि बढाईने छ ।

. यसगाउँपालिका भित्र प्रत्येक विद्यालयको विद्यालय मर्मत संभारको लागि मर्मत संभार कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाले मा.वि तहलाई ५० हजार आधारभूत तह लाई ३० हजार बजेटको व्यवस्था गरि कार्यविधि अनुसार लागु गर्नेछ ।

. स्वास्थ्य नै धन हो, विकासको साध्य र साधन पनि हो । आधारभूत स्वास्थ्य स्थानीय सरकारको जिम्मेवरी भित्र पर्ने विषय भएकाले राज्यले तोकेको आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र विश्वशनिय बनाउन आवश्यक कार्य गरिने छ । विशेषज्ञ पर्यटकीय घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ । महिलाहरुको आङ खस्ने समस्या समाधानको लागि गाउँपालिकाले समय समयमा स्वास्थ्य क्याम्प सञ्चालनगरि यसको रोकथामको लागि वस्ती वस्ती स्तरमा विस्तार गरिने छ । प्रसुती व्यथा लागेका महिलाहरुका लागि स्वास्थ्य संस्थासम्म जान निशुल्क एम्बुलेन्स को व्यवस्था गर्दै आएकोमा यस आर्थिक वर्ष देखि हेलम्बु गाउँपालिका भित्र बसोवास गर्ने सम्पूर्ण हेलम्बुवासी विरामीको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

. गर्भवति आमाहरुको सुत्केरी हुने परिपाटीमा सुधार देखिएको छ । गत आ.ब.मा हेलम्बु गाउँपालिकाका बर्थिङ सेन्टरहरुमा जम्मा ५ जना मात्र आमाहरु सुत्केरी भएकोमा चालु आ.ब.मा माहाँकाल स्वास्थ्य चौकीमा १७ जना र इचोक स्वास्थ्य चौकीमा ४९ जना गरी जम्मा ६६ जना आमाहरु पालिका भित्र कै बर्थिङ सेन्टरहरुमा सुत्केरी भएका छन जसका कारण घरमै हुने सुत्केरीका कारण हुने मृत्युमा ५० प्रतिशत भन्दा बढिले कमी आएको छ जसलाइ अझै थप सुधार गर्दै घरमा हुने सुत्केरीलाइ शुन्यमा झार्नहाल रहेका वर्थिङ सेन्टरहरुमा सुत्केरी प्रतिक्षालय घर ( Waiting home ) सञ्चालनमा ल्याईएको छ साथैनेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरीहँुदा महिलाहरुलाईदिँदै आएको यातायात खर्च रु.३०००।–मागाउँपालिकाको तर्फबाट रु.३०००।–थप प्रसुती पोषण खर्चप्रदान गर्ने कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिँदै लगिने छ साथै गर्भवती र सुत्केरी आमा–पोषिलो खाना कार्यक्रम सञ्चालनगरिने छ । यस गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि हेलम्बु गाउँपालिकाले गत आ.व.मा मासिक रुपमा दिँइदै आएको १०००।– रुपँैयामा ५००।– थप गरि जम्मा रु १५००।–खाजातथा यातायात खर्च स्वरुप उपलब्ध गराउने छ ।

९. गाउँपालिका भित्र रहेको विपन्न, गरिव, अशक्त, असाहय, कडा रोग लागेको तर उपचार गर्न नसक्ने विरामीहरुको लागि स्वास्थ्य उपचार कोष खडा गरि कार्यन्वयनमा ल्याईने छ ।

१०. गाउँपालिका भित्र रहेको सार्वजनिक तथा व्यक्तिगत जग्गा छुट्याउन र नक्शा पास गर्न समेत असहज भएका कारण एक जना नापी सर्वेक्षण (अमिन) को दरवन्दी कायम गरि गाउँपालिकाले अमिन नियुक्त गर्नेछ ।

११. गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रममा रहेको काठमाण्डौहेलम्बु रसुवागडी फष्टट्रयाकमिलारेपा मार्ग (काठमाडौँ देखि हेलम्बु ५५ कि.मी र हेलम्बु देखि रसुवा स्याप्रुवेशी २५ कि.मी टनेल मार्ग) (Milarepa Marg) मित्र राष्ट्र चीनको इलभ द्यभति इलभ च्यबम जोड्ने उद्देश्य अनुरुप रसुवागडी हेलम्बु शुरुङ मार्ग हुँदै काठमाण्डौसंग जोड्ने छोटो फष्टट्रयाक निमार्ण गर्ने कार्य अनुरुप यस आ.वँष्कष्दष्ष्तिथ च्भउयचततयार गर्ने कार्यसम्पन्न गरिनेछ ।

१२. एक घर एक सेयर : हेलम्बु गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने जनताहरुको आर्थिक विकास गर्नको लागि “एक घर एक सेयर” अभियान अगाडि बढाईने छ । गाउँपालिका र स्थानीय जनताको संयुक्त लगानीमा जलविद्युत आयोजनाको संभाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको तर प्राविधिक कारणले गर्दा अध्ययन हुन नसकेको कारण उक्त कार्यक्रमलाई यस आ.व मा पनि निरन्तरता दिईने छ ।

१३. गाउँपालिका भित्र बसोवास गर्ने बासिन्दाले कृषिमा आत्मनिर्भरता बनाउने अभियान अन्तर्गत संघसंस्थाहरु सँग समन्वय गरि एक घर एक कृषि टनेल कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने छ ।साथै प्रत्येक विद्यालयहरुमा होस्टेल सञ्ंचालन गर्दा उक्त होस्टेललाई पुग्ने तरकारी सम्बन्धित विद्यालयले कृषि टनेल निर्माण गरि उब्जनी गर्न तर्फ जोड दिईने छ । यसलाई गाउँपालिकाले कृषि टनेल निर्माण गरे वापत प्रमाणपत्र दिने व्यवस्था मिलाउने छ र यस प्रमाणपत्रलाई सेवा ग्राहीले हरेक वर्ष नविकरण गर्नुका साथै सरकारी कामकाजको लागि अनिवार्य पेश गर्नुपर्ने प्रावधान अगाडि बढाईने छ ।

१४. स्वच्छ, सफा र हराभरा हेलम्बुःरोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वुद्धिमानी हुन्छ भन्ने उक्तिलाई साकार पार्न शुद्ध खानेपानी आपूर्तीका लागि थप पहल गर्दै हेलम्बु गाउँपालिकाले विभिन्न स्थानहरुमा फोहोर व्यवस्थापन गर्नका लागि आवश्यक कार्य गर्नेछ । बजार र मुख्य क्षेत्रहरुमा नियमित सरसफाईको अभियानलाई जारी राख्दै व्यक्तिगत तथा वातावारणीय सरसफाईको थप प्रवद्र्धन गर्ने छ यसैक्रममा पशुजन्य फोहरलाइ घर देखि कम्तीमा पनि ३० देखि ५० मिटरको दुरीमा व्यवस्थापन गर्न र मुख्य बाटोको वरपरका पशुपालनका टहरा हटाउने अभियान सञ्चालन गर्नेछ । खुल्ला दिशामुक्त क्षेत्र सुनिश्चित गर्दै पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माण गर्ने कार्य अगाडि बढाईने छ ।

१५. हेलम्बु गाउँपालिकाको मध्य भागमा रहेका वस्तीहरुपाल्चोक–ढोडेनी–चित्रे–नुर्वुलिङ–तिम्बु–आम्राङ, रिवर्मा ,तार्तुङ ठूलोदुंगा ढुङडिङ, इचोक ढापचुङ सुरसिं–पातिङ–थलडाँडा–बोल्दे–खरवुजे छाँजो–चित्रे गोम्देन(ङयाङला आनि आस्याङ कृषि सडक) यस सडकबाट गाउँपालिकाको माथिल्लो भाग पर्यटकीय मार्ग तल्लो भाग व्यापारिक मुल सडक र बिचको भागामा निर्माण हुने सडकले कृषि प्रर्वद्धन गर्नुका साथै थप वस्ति विस्तारको अवधारण लिएकोमा उक्त कार्यक्रमलाई निरन्तरता दिईनेछ । जसले गर्दा खेतियोग्य जमिनमा बढ्दो मानब बस्ति विस्तार कम हुने लक्ष्य लिएको छु । सोको लागि यसै आवमा कृषि सडकको जोड्न बाँकी खण्डको लागि निरन्तरता दिन वजेटको व्यवस्था गरिनेछ ।

१६. हेलम्बु गाउँपालिका भित्र रहेका विद्यालयहरुमा सम्बोटालिपी र संस्कृतलीपीको अध्यापन कार्यक्रम सञ्चालन भइरहेकाको हुनाले बाँकि विद्यालयहरुमा पनि उक्त कार्यक्रम सञ्चालनगर्दै लगिनेछ ।

१७. हेलम्बु गाउँपालिका क्षेत्रभित्र लालिगुराँस फुल संरक्षणगर्न विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि यसको संरक्षण तर्फ जोड दिईने छ ।विश्वमा लोप हुन लागेको रेड पाण्डागाउँपालिकाको विभिन्न स्थानमा रहेको हुनाले यसको पर्यटनप्रवद्र्धनको लागि प्रचार प्रसार गरि रेड पाण्डाको संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

१८. गाउँपालिका क्षेत्रभित्रको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई सफल बनाउनको लागि काठमाडौँ युनिभर्सिटीसँग समन्वय गरि यस मोडल विद्यालय सम्पन्न भएपछि यसको शैक्षिक व्यवस्थापन (Accademic Management) कार्यको लागि उक्त काठमाडौँ युनिभर्सिटीलाई दिने तर्फ प्रक्रिया अगाडि बढाईने छ । साथैविद्यालयहरु मर्ज तथासम्पूर्ण माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई एकै स्थानमा राखेर आवाशिय सुविधा सहितको शिक्षा प्रदान गर्नको लागि एउटा नमूना विद्यालयको निर्माण गरिने कार्यक्रम रहेको मा उक्त विद्यालय निर्माण गर्ने कार्य टेण्डर भई भवन निर्माण कार्य सञ्चालन भईरहेको हुनाले उक्त कार्यक्रमलाई तिव्र रुपमा निरन्तरता दिईने छ । साथै सो विद्यालयमा शिक्षक÷विद्यार्थीको लागि आवास गृह लगायत अन्य संरचना निर्माणको लागि यथासिघ्र अगाडि बढाईने छ ।

१९. यस हेलम्बु गाउँपालिका सञ्चालनभएको माध्यमिक विद्यालयहरुमध्ये केहि विद्यालयहरुबाट सुरुवातको रुपमा कक्षा कोठामा ब्गमष्य ख्ष्कगब िऋबिककबाट पढाउने व्यवस्था गरिने छ ।

२०. यस आर्थिक वर्ष देखि शैक्षिक सुधार गर्ने हिसावले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरु मध्येबाट एउटाउत्कृष्ठ विद्यालय, यसै गाउँपालिका भित्रका विद्यालयमा पठन–पाठन गराउने शिक्षक मध्येबाट एक जनाउत्कृष्ठ शिक्षक र यसै गाउँपालिका भित्र अध्ययनरत रहेका विद्यार्थीहरु मध्येबाट एक जना उत्कृष्ठ विद्यार्थीलाई छनौट गरि पुरस्कारको व्यवस्था गरिनेछ ।

२१. गाउँपालिकामा सञ्चालनहुने सम्पूर्ण योजनाहरु वातावरण मैत्री बनाउने हिसावले कुनै एउटा योजना निर्माण गर्दा त्यस योजनाले कुल विनियोजित रकमको २ प्रतिशतसम्म बजेट वातावरण संरक्षणको कार्यमा खर्च गर्नुपर्ने गरि व्यवस्था मिलाईने छ । साथै यसरी प्राप्त भएको रकमलाई गाउँपालिकाले कार्यविधि निर्माण गरि सम्बन्धित आयोजना स्थलमै खर्च गर्ने गरि वातावरण संरक्षण कोष को व्यवस्था गरि खर्च गर्ने व्यवस्था मिलाइने छ । यसबाटवातावरण संरक्षण लगायत जलवायु परिवर्तनको क्षेत्रमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

२२. राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा पर्यटन गन्तव्यको रुपमा परिचत रहेको हेलम्बुमा पर्यटन गन्तव्य विकासको लागि धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्या–पर्यटन विकासको लागि भूगोल र समुदायहरुमा छुट्टा छुट्टै होमस्टे सेवा सञ्चालनकार्यक्रमलाई यस आ.व मा अगाडि बढाईने छ ।गाउँपालिकाको विभिन्न समुदायको साँस्कृतिक महत्वलाई मध्यनजर गरिमाथिल्लो भेगलाई ह्योल्मो साँस्कृतिक होमस्टे तथा गुरुङ साँस्कृतिक रोधीघर, मध्य भेगमा तामाङ साँस्कृतिक हेरिटेज होमस्टे, तल्लो भेगमा आर्य साँस्कृतिक होमस्टे कार्यक्रमलाई निरन्तरता दिईने छ ।

२३. दलित समुदायको सिप विकास तथा आय–आर्जन कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले यस गाउँपालिका भित्र उक्त समुदायको लागि उपयुक्त स्थानको छनोट गरिदलित औधोगिक क्षेत्रको स्थापना गर्ने कार्यक्रम रहेकोमा उक्त औद्योगित क्षेत्रको डि.पि.आर भईसकेको र रकम पनि विनियोजन भईसकेको तर स्थानको एकिन नभएको कारण निर्माण कार्य हुन नसकेको कारण यस आ.व मा उपयुक्त स्थान छनौट गरि उक्त निर्माण कार्य संचालनमा ल्याईने छ ।

२४. अन्तराष्ट्रिय क्षेत्रको बुद्धिष्ट राष्ट्रहरुसंग सम्बन्धविस्तारको लागिसार्क राष्ट्रहरुको उद्देश्य अनुरुप नेपाललाई बुद्धिष्ट सर्किटको रुपमा जोड्ने कार्यक्रम अन्तर्गत प्रारम्भिक छलफल भएकोले हेलम्बु बौद्ध धर्मवालम्वीहरुको धार्मिक क्षेत्र रहेकोले हेलम्बु गाउँपालिकालाई उक्त बुद्धिष्ट सर्किटसंग जोड्न विशेष पहलगरिने छ ।

२५ गाउँपालिका भित्रका हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल पाल्चोक भगवती देवी मन्दिर लगायत अन्य तीर्थस्थलहरुलाई कार्ययोजना तयार गरि व्यवस्थित गर्न आवश्यक कार्यविधी निर्माण गरि व्यवस्थापनगर्न विशेष पहल गरिने छ । यसै सन्दर्भमा पाल्चोक भगवति (जयवागेश्वरी) मन्दिरमा देशकै ठुलो घण्ट स्थापना गर्ने कार्यक्रम रहेकोमा उक्त कार्यलाई सम्पन्न गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्दै जाने छ । उक्त कार्यको लागि यस आ.व मा रु १० लाख बजेटको व्यवस्था गरिएको छ ।

२६. हेलम्बु र लाङटाङ क्षेत्रलाई एउटै पर्यटन जोनको रुपमा विकास गर्नको लागि हेलम्बु गाङजाला पर्यटन मार्ग, हेलम्बु सेमिसिदाङ लाङटाङ पर्यटन मार्ग रहेलम्बु गोसाईकुण्ड पर्यटन मार्ग लगायतका विभिन्न पर्यटन मार्गहरुको निर्माण, मर्मततथा संरक्षण गरि लाङटाङ जाने पर्यटकहरुलाई हेलम्बु भित्र्याउने उद्देश्य अनुरुप विशेष कार्यक्रम तर्जुमा गरिसञ्चालनमा ल्याउनको लागि पहल गरिने छ ।

२७. एकल पूरुषलाई सामाजिक सुरक्षा–लैङ्गीक समानता आजको आवश्यकताःनेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गत हालसम्म एकल महिलालाई मात्र भत्ता दिदैँ आएकोमा हेलम्बु गाउँपालिका भित्र स्थायी वसोवास गर्ने एकल पुरुषहरुको लागि गाउँपालिकाले एउटा छुट्टै कार्यविधि बनाई मासिक रुपमा भत्ता स्वरुप केहि रकम प्रदान गर्ने गरि कार्य अगाडि बढाउने छ ।

२८. नेपालमा विकृतिको रुपमा स्थापित असार मसान्तमायोजना कार्यान्वयन गर्ने परिपाटीलाई निरुत्साहित गर्नचैत्र मसान्त भित्र सम्झौता नभएका योजनाहरुको रकम गाँउकार्यपालिकाको निर्णयले रकमान्तार गर्ने गरिगाउँसभाबाट विधेयक पारित गराई गत आर्थिक बर्षमा कार्यसम्पादन तथा कार्यान्वयनको थालनी भएकोमा यस कार्यबाट गाउँपालिकाको विभिन्न योजनाहरु समयमा सम्पन्न भई कार्यसम्पादन गर्न सहजभएकोले यस कार्यलाई निरन्तरता दिँदै लगिने छ ।

२९. खेलकुद क्षेत्रमा विकास गराउने उद्देश्यले एक वडा एक खेलकुद मैदान निर्माण गर्ने योजना यस आ.व हरुमा सम्पूर्ण वडाहरुमा उपयूक्त स्थान छनौट गरि खेलकुद मैदान निर्माण गर्नको लागि डि.पि.आर गर्ने कार्य सम्पन्न गर्ने तर्फ विशेष पहल गरिनेछ । खेलकुद विकास गर्नको लागि विभिन्न खेलकुद प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिन तर्फ विशेष पहल गरिनेछ ।

३० यस हेलम्बु गाउँपालिकाको आफ्नो छुट्टै भवन निर्माणको लागि मास्टर प्लान तयार पारि आवश्यक श्रोतको खोजी गरि यसै आ.व मा भवन निर्माण प्रक्रिया अगाडि बढाईने छ ।

३१. नेपाल पत्रकार महासंघ सँग समन्वयगरिपत्रकारीता क्षेत्र प्रवद्र्धन कार्यक्रमस्थानीय पत्रपत्रिका, रेडियोलाई विज्ञापन, तालिम जस्ता कार्यक्रमहरुसञ्चालनगर्नको लागि बजेटको व्यवस्था गरिने छ ।

३२. हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको तिम्बु मेलम्चीघ्याङ सडक खण्डको मेलम्ची खोलामा मोटरेवल पुलको डि.पी.आर सम्पन्न गरिपञ्चवर्षिय योजनामा समावेश भई टेण्डर प्रक्रियाद्धारा निर्माण कार्य सञ्चालनभईरहेको हुनाले उक्त कार्यलाई प्रदेश र संघसँग समन्वय गरि तिव्र रुपमा निरन्तरता दिईने छ ।

३३. लामिडाँडा देखि मेलम्ची सम्मको सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न हुन लागेको हुनाले मेलम्ची तिम्बु मेलम्चीघ्याङसम्मको सडकलाई प्रदेशस्तरीय सडकमा समावेश गरि कालोपत्रे गर्नको लागि विशेष पहल गरिने छ ।

३४. गाउँपालिका क्षेत्रमा चिया र ट्राउट पकेट क्षेत्र स्थापना भईसकेको छ । आगामी दिनमा स्याऊ कागती, टिमुर, लसुन, प्याजको पकेट क्षेत्र स्थापना गरिने छ । सामुहिक रुपमा व्यवसायिक कृषि वा पशुपालन गर्ने व्यक्ति वा समुहलाई गाउँपालिकाबाट विशेष सहयोग पु¥याईने छ । गाउँपालिकामा व्यवसायिक स्तरमा कृषि कार्य गर्दै आएका कृषकहरुको व्यवसायमा प्राकृतिक विपत्ति महामारी लगायतका कारणले ठूलो क्षती हुन गएमा निज कृषकहरुलाई उनीहरुको क्षतीको केही भाग क्षतीपुर्तिको रुपमा गाउँपालिकाले उपलब्ध गराउने छ । साथै कृषिको हरेक कार्यक्रमा गाउँपालिका भित्रका युवाहरुलाई पनि समावेश गर्दै लगिनेछ ।

३५ गाउँपालिकाले किसानहरुसँग समन्वय गरि बाँदर नियन्त्रण कार्यको लागि सम्पुर्ण वस्तीका वरिपरि व्यवसायिक रुपमा कागती र टिम्मुर खेती गरि उक्तखेतीलाई पर्खालको रुपमा वृक्षारोपण गरि यसै आ.व.मा कुनै एक वस्तीबाट सो कार्य सुरुवात गरिने छ । यस बाहेकका बाँदर नियन्त्रणका अन्य उपायहरुको पनि खोजी गरि गाउँपालिकाले बाँदर नियन्त्रण तर्फ विशेष पहल गर्नेछ ।

३६. बन र प्रकृतिको प्रवद्र्धन–बढाउन रोजगार, विकास र पर्यटनःहेलम्बु गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सम्पूर्ण वन उपभोक्ता समितिहरुलाई आफ्नो वनलाई हानी नहुने गरि विभिन्न खालको उत्पादनमूलक कार्यमा लगाउने तर्फ विशेष पहल गरिने र त्यस्ता उपभोक्ता समितिहरुले आफुले केहि नगरेको अवस्थामा समितिलाई केहि शुल्क तिरी अन्य कुनै व्यवसायिहरुले उत्पादनमूलक व्यवसाय सञ्चालनगर्न आएमा उपभोक्ता समितिको निर्णयबाट केहि मापदण्ड तयार गरि भाडामा दिन सक्ने व्यवस्था मिलाउन विशेष पहल गरिनेछ ।

३७. जेष्ठ नागरिकहरुको अनुभव र सीप नयाँ पुस्तामाहस्तान्तरण ःगाउँपालिका भित्र विभिन्न स्थानहरुमा आमा वुवा दिवा सेवा केन्द्र स्थापना गर्ने कार्यलाई निरन्तरता दिईने छ । साथै उक्त भवनमा आवश्यक सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने छ । जेष्ठ नागरिकहरुमा भएको अमुल्य सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तारन्तरण गर्ने कार्यलाई विशेष जोड दिईने छ ।

३८. गाउँपालिका भित्ररहेको समुदायका संस्कृतीलाई जगेर्ना गर्ने हिसावले गाउँपालिकाले कुनै एक उपयुक्त स्थानमा संस्कृत भाषा प्रशिक्षण केन्द्र स्थापना गर्ने र सो केन्द्रमा एक जना पण्डित गुरुको व्यवस्था गर्न विशेष पहल गर्नुका साथै विभिन्न स्थानमा भजन मण्डलीस्थापना गर्न यस आ.व मा केहि बजेटको व्यवस्था गरिनेछ ।

३९. हेलम्बु गाउँपालिकाको भित्र एउटा बुद्धिष्ट संग्रहालयको स्थापना गरिनुका साथै धार्मिक प्रशिक्षण कार्यक्रम सञ्चालनगर्नको लागि विशेष पहल गरिनेछ ।

४०. हेलम्बु गाउँपालिकामा रहेको भेम्थाङलाई आधार शिविरको रुपमा विकास गरि एउटै ठाउँबाट ५/६ ओटा हिमाल चढ्न सक्ने व्यवस्था गरिनेछ । साथै यस ठाउँलाई हेलम्बुको स्की टे«निङ्ग सेन्टरको रुपमा विकास गर्नुका साथै हिमाल आरोहणको तालिम केन्द्रको रुपमा विकास गर्न विशेष पहल गर्नेछ ।

४१. युवानेतृत्व तथा सिपवृद्धि योजना यस कार्यक्रम अन्तरगत गाउँपालिकाका उद्यमशिल युवालाई लक्षित गरि युवा सिप वृद्धि योजनालाई व्यवसायमा प्रोत्साहन गराउने उद्देश्यका साथ उत्कृष्ठ व्यवसायिक सिप सिक्ने युवाहरुका लागि गाउँपालिकाले प्रोत्साहन गर्नेछ । यस कार्यक्रम अन्तरगत विभिन्न किसिमको सिपमुलक तालिम लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालनगर्नको लागि गाउँपालिकाले एउटा युवा स्वरोजगार कोष स्थापना गरि उद्यमशिल युवाहरुलाई प्रोत्साहन गर्ने कार्य अगाडि बढाईने छ ।

४२. चालु आर्थिक वर्षमा शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडामा सूचीकृत भएका वेरोजगारीहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गरि रोजगार सिर्जना गर्न तर्फ अगाडि बढाईने छ ।

४३. जेष्ठ नागरिकको सम्मान – घर घरमै भत्ता र स्वास्थ्य परिक्षण अभियानःयस हेलम्बु गाउँपालिकाकाको सामाजिक सुरक्षा भत्ता वितरण बैँकबाट वितरण गर्दा जेष्ठनागरिकहरुलाई असहज भएको कारण आगामीआ.व देखि गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा वडा अध्यक्षको रोहवरमा वडा सचिव मार्फत नगदै भत्ता घर घरमै वितरण गर्ने व्यवस्था मिलाईने छ । साथै प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठनागरिकहरुको घर घरमा पुगि स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईने छ ।

४४. हेलम्बु गाउँपालिकाले प्रत्येक वर्ष यस गाउँपालिका भित्र अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थी मध्येबाट दलितबाटएकछात्र एक छात्रा र अन्य समुदायबाट प्रतिस्पर्धाको आधारमाईन्जिनीयर लगायत प्राविधिक शिक्षाको लागि छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याईने छ ।

४५. हेलम्बु गाउँपलिका भित्रका विद्यालय नजाने विद्यालय उमेरका वालवालिकाहरुलाई नियमित विद्यालय गई पठन–पाठन नियमित गराउन प्रोत्साहन गरिने छ ।

४६. माथि उल्लेखित कार्यक्रमहरु प्रदेश सरकार र संघीय सरकारसँग निरन्तर रुपमा समन्वय गरिसञ्चालनगर्नको लागि विशेष पहल गरिने छ ।

अन्तमा,
हेलम्बु गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट हुने सम्पूर्ण सेवा तथा सुविधालाई छिटो–छरितो रुपमा सम्पन्न गर्नका लागि हामी सदैव तत्पर रहेको प्रतिबद्धताका साथ माथि उल्लेखित केही ठुला विकासको योजनाहरु तथा उल्लेख गर्न छुटेका विकासको शीर्षकहरुलाई सम्बन्धित क्षेत्रगत निकायहरुमा समावेश गरिहेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका निर्माण गर्ने लक्ष्य पुरागर्न सम्बन्धित सबैलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद, थुजिक्षे ।

२०७६/०७७ को नीति तथा कार्याक्रमको पूर्ण विवरण

Facebook Comments

LEAVE A REPLY