सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा

18

काठमाडौं, ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लि.ले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस संचालनमा ल्याएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुर पण्डितले उद्धघाटन् गरेका हुन् ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहाल, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, आईटी एक्सपर्ट रोबट विश्वकर्मा, सफ्टवेयर डेभ्लपर आलोक पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने,‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ ।

र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ । यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’

पण्डितले सरल र सहजताका लागि ई–टा«, प्रधानमन्त्रीले ल्यापटप दिनुभयो र मन्त्रिपरिषद पेपेरलेस भएर, एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभयो । अहिले पेपरलेश छ । भविष्यमा संघीय संसदले तयारी गरिरहेको छ। त्यहाँ पनि पेपरलेश हुन्छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।

सकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले ढुवानी सेवामा प्रा.ली.को उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनिकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास दिलाए ।

उनले भने,‘यातायात क्षेत्रमा भएका सबैखाले समस्या र विकृति तथा विसंगतिहरुको अन्त्यको लागि सरकार र निजी क्षेत्र दुवै मिलेर सहकार्य गर्नुपर्छ ।’ उनले नयाँ प्रविधिसहित सुरु भएको यो सेवालाई आफूहरुको पूर्ण साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए ।

प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले वेबसाईट र मोबाइल एप्लीकेसन nepalets बाट सेवा प्रदान गर्ने छौं । सेवा लिनका लागि सामान ढुवानी गर्ने/गराउने दुवै पक्ष (व्यक्ती, कम्पनी र गाडी चालकले www.nepalets.com वा मोबाइल एप्लीकेसन nepalets मा रजिष्ट्रेसन गर्नु पर्ने हुन्छ जुन निशुल्क छ ।

रजिष्ट्रर भइसकेपछि सेवाग्राहीले घर÷अफिस अथवा जाहाँसुकै बाट आफुलाई चाहिएको सेवा लिन ई–ट्रान्सपोर्टेशन सर्भिसमा खबर गर्न सकिने छ । ई–ट्रान्सपोर्टेशन सर्भिसले दुवै पक्षको माग र आवश्यकता पुरा गर्न मध्यस्तकर्ताको भुमिका खेल्ने छ ।’

ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले उक्त सेवाको उपयोगिताको बारेमा प्रकाश पारेका थिए । उनकाअनुसार उक्त प्रा.लिले मुलतः नेपालभरी कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानीसँग सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले भने,‘यसका लागि सेवा प्रदान गर्ने यातायात व्यवसायी, चालक, सवारी मर्मत गर्ने वर्कशपहरु रजिष्ट्रर हुनुपर्ने छ र सेवा लिने अर्थात् सामान ढुवानी गर्ने कम्पनी वा व्यक्तिसमेत रजिष्ट्रर भएको हुनुपर्ने छ ।’ देशैभरिका सेवाग्राहीहरुले रजिष्ट्रेसन गरेपछि सबै ठाउँमा सेवा सुचारु हुने उनले स्पष्ट पारे ।

उनले थपे,‘अहिले शुरुवाती चरणमा रजिष्ट्रेसन भएका स्थानबाट मात्र सेवा प्रदान गर्दै लगिनेछ । र, यसलाई क्रमशः बढाउँदै लैजान सबैमा यो सरल सेवाबारे सबैमा जानकारी मिडियाहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

कार्यक्रममा प्रा.लि.का अध्यक्ष रामेश्वर मण्डलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन नविना श्रेष्ठले गरेकी थिईन् । उक्त सेवाको बारेमा मिडिया व्यवस्थापनको सम्पुर्ण काम भने ग्लोबल प्रोडक्शन प्रा.लि.ले गरेको हो ।

Facebook Comments

LEAVE A REPLY