विदेशीको चंगुरमा नेपाली बैंक : कति लगानीमा कति लैजान्छन् विदेशी लगानीकर्ता ?

- June 24, 2019 मा प्रकाशित

काठमाडौं, अहिले नेपालमा आधा दर्जनभन्दा बढी बैंकमा विदेशी लगानी रहेका छन् । चुक्ता पुँजी आठ अर्ब पुर्याउन त्रित्र्याइएका विदेशी साझेदार र पहिलेदेखि नै ज्वाइन्ट भेन्चरको रुपमा विदेशी बैंकहरुसँगै काम गरिरहेका बैंकहरुलाई हिसाब गर्दा आधा दर्जनभन्दा बढी वाणिज्य बैंकहरुमा यतिबेला विदेशी लगानी छ ।

यसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कुल चुक्ता पुँजीको ७० दशमलव २१ प्रतिशत सेयर हिस्सा विदेशी लगानीकर्ताहरुको छ । यस बाहेकका बैंकहरुमा पनि केहीमा बहुमत हिस्सा विदेशीहरुको छ भने केही बैंकमा एक तिहाइसम्म लगानी विदेशी बैंकको छ ।

यसरी विदेशी बैंकहरु नेपालमा आउँदा एकातर्फ बैंकहरुलाई चुक्ता पुँजीको सीमा पूरा गर्न सजिलो भएको छ भने अर्कोतर्फ विदेशी सीप र प्रविधिसमेत नेपालमा त्र्यिाउन सहयोग पुगेको छ । त्यसैले नेपाली बैंकहरुमा विदेशी लगानी आउनुलाई नकारात्मक मान्न भने सकिँदैन ।

तर, विशुद्ध नेपाली बैंकहरुको स्थिति कमजोर अवस्थामा रहँदा विदेशी लगानी रहेका बैंकबाट विदेशीहरुले भने वार्षिक अरबौं रुपैयाँ लाभांशको रुपमा विदेश लैजाने गरेका छन् । सन् १९९४ सालमा स्थापना भएको एभरेस्ट बंकमा कुल चुक्ता पुँजीको २० प्रतिशत हिस्सा भारतको पञ्जाब नेसनल बैंकको छ ।

त्यस्तै, सन् १९९४ मा बंगलादेशको आईएफआईसी बैंकसँगको साझेदारीमा खुलेको नेपाल बंगलादेश बैंकमा पनि केही हिस्सा आईएफसी बैंकको छ । अर्कोतर्फ नेपाल एसबीआई बैंकको ५५ प्रतिशत सेयर हिस्सा भारतको स्टेट बैंकको नाममा छ ।

हिमालयन बैंकमा भने पाकिस्तानी बैंकको सेयर रहेको छ । सो बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर हिस्सा रहेको छ । यससँगै एनएमबी बैंकले पनि केही समयअघि मात्रै विदेशी लगानी भित्र्याएके छ ।

कसरी लैजाँदैछन् विदेशीले नेपालाबाट मुनाफा ?
चुक्ता पुँजीको रुपमा करोडमा लगानी गरेका विदेशीहरुले वार्षिक अरबौं मुनाफाको रुपमा लैजाने गरेका छन् । नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा अहिले ७० दशमलव २१ प्रतिशत हिस्सा लन्डनको स्ट्यान्डर्ड चार्टर बैंकको छ ।

हामीले यही बैंकलाई केनद्रविन्दुमा राखेर विदेशीले कसरी नेपालबाट अरबौं मुनाफा लगिरहेका छन् भन्ने तथ्य संकलन गरेका छौं । सबै बैंकहरुको यस्तो विवरण तयार पार्दा धेरै विदेशी लगानी भएको स्ट्यान्डर्ड चार्टर्ड बैंककै आधारमा विश्लेषण गरेका छौं ।

गत आर्थिक् वर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना लगानीकर्ताहरुलाई १०० प्रतिशत बनोस र १७ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो । यो बैंकले यस वर्ष कुल चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिन सकिने प्रक्षेपण गरेको छ ।

यस्तो अवस्थामा बैंकले अर्ब रुपैयाँभन्दा बढी त यही वर्ष नै विदेश लैजाने भएको छ । २०६६ सालमा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक लाख रुपैयाँको एक हजार कित्ता सेयर खरिद गर्ने व्यक्तिले सोही वर्ष १५ प्रतिशत बोनस र ७० प्रतिशत लाभांश प्राप्त गरेको थियो ।

यस्तो हुँदा लगानीको दोस्रो वर्ष एक लाख रुपैयाँको सेयर हुने लगानीकर्ताले ११५० कित्ता सेयरसहित ५५ हजार रुपैयाँ लाभांश पाए । तेस्रो वर्ष अर्थात् २०६७–६८ मा सोही लगानीकर्ताले ५० प्रतिशत लाभांश मात्र्र पाएका थिए ।

त्यो वर्ष ती लगानीकर्ताले ११५० कित्ता सेयरसहित ५७ हजार रुपैयाँ लाभांश प्राप्त गरेका थिए । त्यसपछि आर्थिक वर्ष २०६८ र ६९ मा १५ प्रतिशत बोनससहित बैंकले ६० प्रतिशत नगद लाभांश दियो । सो वर्ष ती लगानीकर्ताले १३२२ कित्ता सेयरसहित ५१ ह्जार ७ सय ५० रुपैयाँ नगद लाभांश पाएका थिए ।

त्यसपछिको वर्ष २०६९–७० मा बैंकले १० प्रतिशत बनोस र ५० प्रतिशत लाभांश दिएको थियो । जसबाट माथि उल्लेख गरिएअनुसारको लगानीकर्ताको कुल १४५४ कित्ता सेयरसहित बैंकबाट ५३ हजार ७६० रुपैयाँ लाभांश लगेका थिए ।

त्यस्तै २०७० र ७१ मा लगानीकर्ताले १० प्रतिशत बोनस र ५१.५ प्रतिशत नगद लाभांश पाएका छन् । यसपछि लगानीकर्ताको सेयर १५९९ पुगेको छ भने सो वर्ष कुल ६० हजार ३४१ रुपैयाँ लाभांश लगेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७१ र ७२ मा यही किसिमले २५ प्रतिशत बोनस र ४४.२१ प्रतिशत  नगद लाभांश बैंकले बाँडेको थियो । यसबाट १९९८ कित्ता सेयर पुगेको छ भने ३० हजार ७ सय १६ रुपैयाँ नगद लाभांश प्राप्त भएको छ । अर्कोतर्फ २०७२–७३ र २०७३–७४ मा बैंकले नगद लाभांश दिएन ।

जसका कारण लगानीकर्ताहरुको बोनस सेयरमा भने करसहित ३५ प्रतिशत पहिलो वर्ष र दोस्रो वर्ष क्रमशः २६५७ र ५३१४ पुगेको छ । आर्थिक वर्ष २०७४–७५ मा भने बैंकले बोनस सेयर नदिएर १७ प्रतिशत लाभांश दिएका थियो ।

जसमा ९२ हजार ९ सय ९५ रुपैयाँ नगद लभांश गर्ने लगानीकर्ताले पाएका थिए । चालू आर्थिक वर्षमा बैंकले २० प्रतिशत लाभांश दिनसक्ने प्रक्षेपण गरेको छ । यस्तो भएको खण्डमा एक लाख ६ हजार २ सय ८० रुपैयाँ यही वर्ष नै ती लगानी कर्ताले लैजाने भएका छन् ।

साथमा उनको एक हजार कित्तामा सुरु गरेको बैंकको सेयर ५३ सय १४ कित्ता पुगेको छ । साथमा १०० रुपैयाँमा किनेको सेयरको मूल्य पनि ६६५ पुगेको छ । यसरी २०६६ सालमा एक लाख रुपैयाँ लगानी गरेको कुनै पनि लगानीकर्ताले यो वर्षसम्म आईपुग्दा ५ लाख ७ हजार ८ सय ४२ रुपैयाँ विदेश लगिसकेका छन् ।

साथमा उसको यो समाचार तयार पार्दाको समयसम्म सेयर मूल्य नै ३५ लाख रुपैयाँभन्दा बढीको छ । यो विदेशिएको  नभए पनि एक लाख रुपैयाँ लगानी गर्न एक लगानीकर्ताले १० वर्षमा पााच गुणा रकम त बाहिर लगिसकेका छन् ।

बैंकले नगद लाभांश दिने प्रक्षेपण गरिएको २० प्रतिशतको हिसाब गर्दा यो वर्ष मात्रै बैंकबाट एक अर्ब रुपैयाँभन्दा बढी बाहिर जाने देखिएको छ, तरुणमा उल्लेख छ ।

त्यस्तै, बाँकी रहेका अन्य बैंकहरुका लगानीकर्ताले विदेश लैजाने रकम यसको तुलनामा कम भए पनि ती बैंकहरुबाट समेत बाहिर जाने विवरण तयार पार्ने हो भने अबौं रुपैयाँ बैंकको लाभांशबाट विदेशिने गरेको छ ।

एकातिर नेपाली बैंकहरुको स्तर कमजोर रहेको अवस्था छ भने विदेशी बैंकहरु बलियो हुँदा केही फाइदा भए पनि पैसा बाहिरिने सवालमा भने यो विषय चिन्ताजनक हो । 

Facebook Comments

प्रतिक्रिया