सशस्त्र प्रहरीका पावरफुल इनिस्पेक्टर गणेश मल्लको नालीबेली यस्तो !

26

 काठमाडौं । सशस्त्र प्रहरी बल हलचोकमा एक इनिस्पेक्टर यती पावरफुल छन् की ? तपाई छक्क पर्नु हुन्छ ! उनको चर्चा हलचोक बाहेक पनि चर्चिन थालेको छ ।उनी सशस्त्र प्रहरी बल भित्र पावरफुल बाहेक धनाढ्य अधिकारीको सुचीमा नाम दर्ज भएको छ । उनको चर्तिकला देखेर सशस्त्र प्रहरीका उच्च हाकीममात्र होइन  ? सिंहदरवार स्थित तालुकदार मन्त्रालय गृहमा समेत उनको धन्दाका बारेमा चर्चा हुन्छ ? ती ब्यक्ती हुन् सशस्त्र प्रहरी इनिस्पेक्टर गणेश मल्ल ।

उनको फुर्तीफर्ती यती बिध्न बढ्नु अरु  कोही नभएर सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल ‘साप’को आडस र ढाडस हो ,एक उच्च अधिकारीले । इनिस्पेक्टर गणेश मल्ल अहिले केन्द्रिय लेखाका प्रमुख हर्ताकर्ता हुन् ।उनी धेरै तिर जिम्मेवार हुनु पर्दैन । आइजीपी शैलेन्द्र खनाललाई चित्त बुझाए पुग्छ । यस्तै खबरले हलचोकमा गरमागर्मी बढाएको छ । सशस्त्र प्रहरीको लेखापाल सरुवादेखि आन्तरिक बजेट वितरणमा इनिस्पेक्टर मल्लकै हालीमुहाली मच्चिने गरेको छ । यती सम्म गर्न भ्याउछन् उनले कुनै लेखापालले गृह या अन्य शक्ती केन्द्रबाट पावर लगाए भने त्यहा पनि माछा मार्न भ्याउछन्,अर्का एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा थपे ।

के गर्ने आइजीपी खनालका विश्वास पात्रका रुपमा परिचित छन् उनी ? हलचोकमा उनको राज छ,भन्दै ती अधिकारीले दुखेसो पोखे ।त्यसो त सशस्त्र प्रहरी बलको बलम्बु स्थित हस्पिटलमा जग्गा किन्दादेखि निर्माण कार्य सम्म इनिस्पेक्टर मल्लकै अगुवाईमा काम भए पछि उनले हस्पिटल पछाडि एउटा जग्गा सहित एक घर जोड्न भ्याएका थिए ।

मानवस्रोत हुदैँ हस्पिटलसम्मको यात्राका क्रममा जोडेको घर उनले धैरै अघिनै रु एक करोड २० लाखमा बिक्रि गरेको खुलासा भएको छ ।उनको नयाँ सम्पतीका बारेमा सम्पति शुद्धिकरण अनुसन्धान विभागले निष्पक्ष छानबिन गर्यो भने सबै कुरा पत्ता लाग्ने बुझिएको छ । हाल केन्द्रिय लेखामा रहेको उनले बढि सुप क्षेत्रका एकाउन्टेनलाई बजेट पठाएर समेत कमिसन खाने गरेको खुलासा भएको छ । 

उनले कतिपय सहकर्मीसँग आफ्नो राम्रो भएको भन्दै आइजीपी खनालसँगै बसेको तस्विर समेत देखाएर रवाफ प्रर्दशन गर्ने गरेको समेत खबर प्राप्त भएको छ । सशस्त्र प्रहरीमा वजेट विनियोजनदेखि सरुवा सम्म खसीबोकाको मोलमोलाई झै बार्गेनिंग हुने गरे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने तयारी भइरहेको छ । (न्यूज अभियान डट कमबाट साभार ) 

Facebook Comments

LEAVE A REPLY