सानिमा बैंकद्धारा भवन निर्माणको लागि भन्दै झण्डै २१ करोडको जग्गा खरिद, खरिदमा अनियमिता भएको भन्दै केही सञ्चालकहरु रुष्ट

28

काठमाडौं, अझै पनि केही ठुुला बाँणिज्य बैंकहरु भवन भाडामा नै लिएर सञ्चालन भई रहेकोमा हेड अफिसको लागि आफ्नै भवन भएको सानिमा बैंकले आफ्नै प्रयोजनको लागि करोडौ रुपैयाँ बराबरको जग्गा खरिद गरेको रहस्य सार्वजनिक भएको छ ।

बैंकले हाल केन्द्रिय कार्यालय रहेको भवन संगै जोडिएको काठमाडौ महानगरपालिका नक्साल १ मा रहेको एक रोपनी चार आना तीन पैसा जग्गा २० करोड ७० लाख रुपैयाँमा खरिद गरेको हो ।

अहिले घरजग्गाको कारोवार सुस्ताएको समयमा सो क्षेत्रमा बैंकले बास्तबिक बजार मुल्य भन्दा निकै बढी मुल्य दिएर जग्गा खरिद गरेको छ । बैंकले नक्सालमा खरिद गरेको प्रतिआना जग्गाको मुल्य एक करोड रुपैयाँ भन्दा बढी देखिएको छ ।

गैरआवासीय नेपालीहरुको लगानी रहेको यो बैंकमा बर्तमान सञ्चालक तथा व्यवस्थापन समितीको आफ्नो स्वार्थ सिद्ध हुुने गरी उक्त जग्गा खरिद गरेको भन्दै केही लगानीकर्ताहरु सञ्चालन तथा व्यवस्थापन पक्षसंग रुष्ट बनेका छन् ।

बैंकमा हाल बिनय कुमार श्रेष्ठको अध्यक्षतामा टुुकप्रशाद पौडेल, यायत्री थापा, भरतकुमार पोखरेल, महेश घिमिरे र उत्तम कुमार भट्टराई सहितको छ सदस्यीय सञ्चालक समितीको रहेको छ ।

यि मध्ये केही सञ्चालकहरु उक्त जग्गा खरिदको बिपक्षमा रहेको श्रोतले बताएको छ । श्रोतका अनुुसार बैंकका प्रमुुख कार्यकारी अधिकृत भुुवन कुमार दाहालको व्यक्तिगत स्वार्थ समेतको जोडवलमा उक्त जग्गा खरिद गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY