घोरेपानी–पुनहिल पदमार्ग निर्माणमा व्यवसायीनै सक्रिय

- November 15, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बागलुङ । आकर्षक पर्यटन गन्तव्य म्याग्दीको घोरेपानी–पुनहिल पुग्ने पदमार्गको स्तरोन्नति र मर्मतमा दसौँ लाख रुपैयाँ खर्च भएको छ ।

घोरेपानीका होटल–पर्यटन व्यवसायीहरुको पहलमा त्यस क्षेत्रमा पुग्ने पदमार्गको स्तर सुधार गरिएको हो । पछिल्लो तीन वर्षमा रु ७० लाख भन्दा बढीको खर्चमा पदमार्ग पुनःनिर्माण र मर्मत गरिएको घोरेपानी होटल व्यवस्थापन समितिले जनाएको छ ।

अघिल्लो वर्ष जिविसबाट प्राप्त रु पाँच लाख बजेटबाहेक बाँकी सबै व्यवसायीले खर्च गरेका हुन् । होटल व्यवसायीहरुको सहयोग, पर्यटक शुल्क र अन्य सहायता जुटाएर पदमार्ग मर्मतको काम अघि बढाइएको समितिका अध्यक्ष जुुनु पुनले बताP । अन्नपूर्ण चक्रीय पदमार्ग, धवलागिरि–अन्नपूर्ण पर्यावरणीय पदमार्ग र अन्य वैकल्पिक पदमार्ग मर्मतसुधार गरिएको अध्यक्ष पुनले जानकारी दिP ।

जसमध्ये घोरेपानी–पुनहिलको ७०० मिटर, घोरेपानी–शिख पदमार्ग क्षेत्रको ४०० मिटर, घोरेपानी–तिखेढुङ्गा २०० मिटरमा स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । त्यस्तै घारेपानी–घान्दु्रक पदमार्गको करिब तीन किमी क्षेत्रमा पनि मर्मतसुधारको काम अघि बढेको समितिले जनाएको छ । समितिका पूर्व उपाध्यक्ष एवम् होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार सो पदमार्गमा यसै वर्ष रु १७ लाखभन्दा बढी खर्च भइसकेको छ ।

“पदमार्गको सरसफाइ, मर्मत र स्तरोन्नतिमा पछिल्लो तीन वर्षमा रु ७० लाखभन्दा बढी खर्च भइसकेको छ” – व्यवसायी पुनले भन] – “होटलबाट उठ्ने वार्षिक कर, पर्यटक शुल्क र सहयोगहरु जुटाएर काम गरिरहेका छौँ ।” पुनहिल घुम्ने विदेशी पर्यटकबाट समितिले रु ५० शुल्क उठाउने गरेको छ । त्यस्तै होटलले पनि घोरेपानी–पुनहिल क्षेत्रको विकासका लागि वार्षिक कर सङ्कलन गर्ने गरेका छन् ।

शुल्क र कर रकमबाट पर्यटकीय क्षेत्र, वनजङ्गल, प्राकृतिक स्रोतसाधनको संरक्षण अभियान चलाउने गरिएको समितिको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोरेपानी–पुनहिलको विकासमा व्यवसायीहरु आफैँ कस्सिएर लागेका हुन् । घोरेपानीमा कास्की वीरेठाँटी–उल्लेरी हुँदै, वीरेठाँटी–घान्दु्रक हुँदै, तातोपानी–शिख–घार हुँदै, नागी–मोहरे–फूलबारी र अन्य वैकल्पिक पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका छन् ।

पर्यटकको सुविधा र पदमार्गमा आकर्षण थप्न स्तरोन्नतिको कार्यमा जोड दिइएको होटल व्यवसायीहरु बताउँछन् । चौडा पक्की सिँढीसहित, दायाँबायाँ ९रेलिङ० सहितको पदमार्ग निर्माणमा समिति लागिपरेको छ । पदमार्गको सुधारले पर्यटकको सुरक्षित पदयात्रामा टेवा पुग्ने विश्वास लिइएको छ । घारेपानी क्षेत्रमा वार्षिक करिब ३० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् ।

रोमाञ्चक पदयात्रा, हिमशृङ्खला, सूर्योदय र गुराँसे जङ्गलको अवलोकनका लागि पर्यटक घोरेपानी–पुनहिल क्षेत्रमा पुग्न रुचाउँछन् । घोरेपानीमा अहिले पर्यटकको सुविधाका लागि २२ वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । व्यवसायीहरुले लगानी थपेर नयाँ होटल निर्माणको कामलाई पनि अघि बढाएका छन् । घोरेपानीका होटलमा रु ५० करोडभन्दा बढीको लगानी रहेको बताइन्छ । सन् १९७० देखि घोरेपानी क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!