पेन्ट्राथलनमा स्वयंम्भु विजयी

- June 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रमेश सुनार
काठमाडौं । विश्व ओलम्पिक ‘डे’ को अवसरमा पारेर काठमाडौंको धुम्बाराहीमा आयोजित पेन्ट्राथलन च्याम्पियनसिपमा स्वयंभू एथलेटिक्स् तथा पेन्ट्राथलन ट्रेनिक सेन्टर उत्कृष्ठ भएको छ । विभिन्न उमेर समुहमा गरिएको प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित टे«निङ्ग सेन्टरले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

मोर्डन पेन्ट्राथलन फेडरेसनले आयोजना गरेको प्रतियोगितामा कविता चौंलागाईंले २ स्वर्ण, सोयव श्रेष्ठले २ स्वर्ण, कैलाश विकले १ स्वर्ण, सोफिया श्रेष्ठले १ स्वर्ण र १ रजत तथा सोनु घतानीले १ स्वर्ण र १ रजत पदक प्राप्त गरे । यसैगरी रुसिका सुनारले १ रजत, सरिता रम्तेलले २ रजत, अञ्जन घिसिङ्ग १ रजत र १ कास्य, विशाल तामाङ्ग, इन्द्रराज श्रेष्ठ, सुवास सिलवाल र कल्पना जोशीले एकएक रजत पदक प्राप्त गरेका थिए ।?रउश्र

उत्कृष्ठ प्रतियोगिहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि पिताम्बर तिम्सिना र पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले पदक तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!