इस्कर्टसको एक्सट्रीम व्याकहोलोडर नेपालमा

- June 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहोलोडरको आधिकारिक बिक्रेता द हबी अटो टे«डिङ प्रालिले एक्सट्रीम व्याकहोलोडर नेपाली बजारमा ल्याएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत उक्त व्याकहोलोडर सार्वजनिक गरेको हो । टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रियस्तरको यो व्याकहोलोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगी रहेको कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले बताएका छन् ।
यो इस्कर्ट ई ४.३६८ टिसीआई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान भएको व्याकहो लोडर हो, जसको तौल ८४०० केजी रहेको छ । करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको योे लोडर डम्पिङ हाइट ३ मिटर र पे लोड १९८० केजी रहेकोे छ । यसले ४.८ मिटर गहिराइसम्म खन्नसक्ने कम्पनीको दाबी छ ।

सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषिलगायत पूर्वाधार निर्माणमा एक्सट्रीमले महत्वर्पूण भूमिका खेल्नसक्ने बताइएको छ । एक्सट्रीमको खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा, नेपालभर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालय बाट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै एक्सट्रीम खरिदमा एकजनाले थाइलाइन्ड भ्रमणको अवसरसमेत पाउनेछन् । विगत २२ वर्षदेखि ट्रयाक्टरलगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रेडिङ नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेतासमेत रहेको छ । साथै कम्पनीले २ वर्षदेखि चिनियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!