चेपाङ बालबालिका प्रति ट्राफिकका यी प्रहरीको नतमस्तक, बर्षदिनको खाजा कटौती गरी गरे सहयोग

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन,  दिनरात नभनी चर्को घाममा धुवाँधुलो समेतको प्रवाह नगरी सिठ्ठी फुकेर दैैनिकीजसो सवारीसाधनको अगुवा पछुवा गरेर दौडिदै ठिक्क पर्ने ट्राफिक प्रहरीले आफ्नु खर्च कटौती गरेर सहयोग गर्छ भन्दा तपाईं जोकोही लाई पनि पत्यार नलाग्न सक्छ होला ।

तर, चितवनमा यहीँ उदाहरणीय कार्यलाई यहाँको एक ट्राफिक प्रहरीले अवसरमा बदलेको छ । सहयोगको मनोभावनाका साथ अघि बढ्ने यी ट्राफिक प्रहरी हुन् : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी नायब निरीक्षक कृष्ण ज्यु ठकुरी ।

कर्तव्यपालनाको सिलसिलामा इच्छाकामना गाउँपालिका वर्डा नम्बरको ६ स्थित श्री देवीभन्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोलामा पुगेका उहाँले चेपाङ बालबालिकाको कठिन अवस्था देखेपछि उहाँको मनमा सहयोग गर्नुपर्छ भन्ने सोच आयो ।

भौगोलिक दृष्टिकोणले समेत अत्यन्तै विकट मानिएको जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना रहेका विद्यार्थीहरुलाइ बिद्यालयमा टिकाउन नै अत्यन्तै मुस्किल पर्ने गरेको जानकारी आफूले पाएपछि त्यहाँ पुगी आफ्नै नेतृत्वमा सहयोग जुटाएको प्रहरी नायव निरीक्षक ठकुरीले बताउनुभयो ।

सरकारले ल्याएको दिवाखाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थीहरु स्कुल जानै छाडेपछि नराम्रो लाग्यो । ठकुरी भन्नुहुन्छ : मैले अलिकति केही सहयोग गरें भने बालबालिकालाई राहत हुन्छ भने मैले सहयोग किन नगर्ने ? भन्ने सोचाइको साथ आफूले सहयोग गरेको बताउनुभयो ।

चेपाङ बालबालिकालाई सहयोग गर्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ । उहाँको अग्रसरतामा अन्ततः चेपाङ बालबालिकाहरुले दिवा खाजा समेत पाएकोमा बिद्यालय प्रशासन समेत उहाँ प्रति नतमस्तक हुनुहुन्छ ।

विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले आफूले विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिकका प्रहरी नायब निरीक्षक ठकुरी आफैं सहयोग संकलनमा जुट्नुभएको र बालबालिकालाई समेत यस्ले थप राहत हुने उहाँले बताउनुभयो ।

प्रधानाध्यापक पाण्डेका अनुसार सहयोगदाता प्रहरी नायब निरीक्षक ठकुरीको अग्रसरतामा एक सय २० जना विद्यार्थीहरुलाई एक वर्षका लागि दिवाखाजा स्कुल पोषाक, चप्पल, झोला एक कायक्रमकाबीच उपलब्ध गराइएको छ ।

यसरी सहयोग गर्नेहरूमा लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष तथा समाजसेवी बालगोपाल चुके, रोटर्‍याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरु रहेका छन् ।

कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटु रोग विशेषज्ञ डा. कौशल तिवारीले ३५ जना विद्यार्थी र २३ जना अभिभावकहरुको मुट परीक्षण गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!