ओली र प्रचण्डको मितेरी साइनो कहिलेसम्म टिक्ला ?

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मितेरी साइनो लगाएको पनि २० महिना पुगेको छ ।

पार्टीलाई खासै वास्ता नगरेपनि उनीहरुले एक अर्कालाई राजनीतिमा सक्दो सघाउने र पद लिएर राज्य चलाउने प्रतिज्ञा गरेका छन् ।

पार्टी एकता भएको पनि १३ महिना पुगेको छ तर एकताको भाव भने अझै झल्किन सकेको छैन । पार्टीको नाममा आफ्नो स्वार्थ पूरा गर्न पल्केका दुबैजनाले अध्यक्ष पद छोडेनन् ।

मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्ने थिए तर भाग्य गुमेको छ । एकजना कार्यकारी र अर्को एकजना अन्य विभाग हेर्ने गरी प्रधानमन्त्री भन्न पनि सक्थे ।

त्यागको राजनीति भनेर भाषण गर्ने उनीहरुको नियत यहीबाट प्रष्ट हुन्छ । पोलिटव्यूरो गठनका लागि भनेर पटकपटक बैठक बसेपनि अझै टुंगो लागेको छैन ।

पार्टी एकताले अरुलाई खासै फाइदा नभएपनि गतसाल भएको निर्वाचनमा पार्टीको उम्मेदवार भएपछि जसले पनि चुनाव जित्ने मौका पाएका थिए ।

सरकार बन्दा गरिएको सहमतिअनु्सार ओलीले समयमा प्रचण्डलाई सरकार नछोडे पार्टी फुटको संघारमा जाने विश्लेषण गर्न थालिएको छ । ओली ज्याद्रो नेता भएको भनेर उनकै मान्छेले भनेका छन् ।

सामान्य हिसाबले ओली सरकार त्याग्न तयार हुँदैनन् अनि हुन्छ द्धन्द्ध । प्रचण्डले भद्र सहमति बाहिर ल्याइदिएपछि ओली रन्थनिएका छन् । ओलीको बानी बुझेका प्रचण्डले पनि जनतालाई जानकारी होस् भनेर सहमतिबारे प्रष्ट पारिदिए ।

सहमति भएको छैन वा त्यस्तो होइन भनेर प्रधानमन्त्रीको जागिर खाएर बालुवाटारमा अस्थायी डेरा लिएका ओली र उनका हुक्केचम्चेहरु भने निकै फायर छन् ।

हिजो पनि ओलीले सहमति नमानेको बुझेका प्रचण्डको यो अभिव्यक्तिको सर्वसाधारणले समेत स्वागत गरेका छन्,  आलोचनामा उल्लेख छ ।

सरकार बनेको १६ महिना हुँदा पनि जनताको अपेक्षा पूरा हुन नसकेपछि सरकारको विरोधमा जनता उत्रेका छन् तर सरकारले भने ५ वर्षे कार्यकाल हो भनेर जनतालाई ढाँट्ने काम गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!