गर्मीका कारण वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय बन्द हुने

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जीतपुर : केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।

अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको बाणगङ्गा नगर शिक्षा अधिकृत खिमबहादुर जिसीले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!