काँग्रेसले गरेको पहिलो चरणको जागरण अभियान पूरा

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,  गत वैशाख २५ गते देखि शुरु एक महिने जागरण अभियान देशका ७७ वटै जिल्ला गाउँ÷नगर र क्षेत्रमा सञ्चालन गरिएको थियो ।

निस्कृय कार्यकर्तालाई थप क्रियाशील बनाउन र संगठनलाई ऊर्जाशील तुल्याउन आरम्भ गरिएको पहिलो चरणको आमसभामा आंशिक उपलब्धी भएको काँग्रेसले बताएको छ ।

पहिलो चरणको जागरण अभियानमा मुलुकभर झण्डै एक हजार हाराहारीमा आमसभाहरू भएको बताइएको छ । जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या उल्लेखनीय रहेको काँग्रेस स्रोतले जानकारी गराएको छ ।

जागरण अभियानलाई सफल बनाउन केन्द्रीय नेताहरू जिल्ला जिल्लामा खटेका थिए । जागरण सभामा आउनेहरूको गुनासो पार्टी भित्रको गुट–उपगुट अन्त्य भइ पार्टी एकढिक्का बन्नुपर्ने रहेको थियो ।

पार्टी एकताको सन्देश र प्रवाह गर्न र सरकारको अधिनायकवादी शैली जनतासामु पु¥याउन सुरु गरिएको पहिलो चरणको जागरण अभियान पार्टीको फितलो व्यवस्थापनका कारण लथालिङ्ग बनेको जानकारहरूले बताएका छन् ।

पार्टीलाई गतिशील र चलायमान बनाउने तर्पm भन्दा घोचपेच र जुहारी जागरण अभियानको रोचक दृश्य बनेको थियो । तथापी काँग्रेसप्रति आस्थावान जनताको सहभागिता उल्लेखनीय नै रहेको बताइएको छ ।

नेतृत्वले आपूmमात्र कुर्सीमा बसिराखौं भन्ने र गुटबन्दीको अन्त्य गर्न सके काँग्रेस दुब्लाउनुको सट्टा मोटाउने जानकारहरूले दुखेसो व्यक्त गरेका छन् ।

महंगी भ्रष्टाचार शान्तिसुरक्षा करआतङ्क लगायतका जनतासँग सरोकार राख्ने मुद्दाहरूलाई काँग्रेसले दोस्रो चरणको जागरण अभियानमा उठाउनुपर्ने र सशस्त्र प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने शुभचिन्तकहरूले बताएका छन् ।

मुलुकको भविष्य काँग्रेसकै जगमा जोडिएकाले नेतृत्व र व्यवस्थापन ठीक भए काँग्रेस फेरि जाग्ने आशा र विश्वास गरिएको छ ।  नयाँ विमर्शका साथमा । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!