ठूलो परिणाममा लागुऔषध सहित ६ जना थानकोट प्रहरीको नियन्त्रणमा

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, महानगरीय प्रभाग नागढुंगाले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेकाे छ । राजधानीकाे प्रवेशद्वारमा छुटाछुटै चेक जाँच  गर्ने क्रमा ठुलाे परिणाममा उनिहरूलाई लागुऔषध सहित पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले  धरान बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रु बाहक बसवाट भारत विहार मधुवनि जिल्ला लौखा थाना वडा नं. १० मझौरा घर हुुने वर्ष १९ को महम्मद सविरलाई पक्राउ गरेकाे बताए ।

थापाका अनुसार उनले साथवाट  लागु औषध डाईजेल्याब १०० एम्पल, फेनारगन १०० एम्पल, नुफिन १०० एम्पल फेला छ ।

थानकाेट प्रहरी प्रमुख थापाले भने, नारायणगढ बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ९५५ नम्बरको को यात्रु बाहक बस गाडि चेक जाँच गर्दा सोही बसमा यात्रा गरी आएका  जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा वडा नंं २ घर हुने वर्ष ३४ को विदुर थापाले  लिई आएको लागु औषध डाईजेपाम ५० एम्पल, फेनारगन ५० एम्पल, नुफिन ५० एम्पल र नाईट्राभेट १८० ट्यावलेट फेला परेकाे जानकारी दिए ।

त्यसैगरी चेक जाँचकै क्रममा  नेपालगंज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बस  जिल्ला बाँके नेपालगंज उ.म.न.पा वडा नं. ६ घर हुुने वर्ष १९ को रविन थापा र साेही वडा नं. ६ घर हुुने वर्ष २० को विबेक बस्नेतलाई  ३२.६५ ग्राम लागु औषध खैरो हेरोईन सहित नियन्त्रणमा लिएकाे बताए  ।

साेही घटनामा अनुसन्धान गर्दै जादा  जिल्ला बाँके नेपालगंज उ.म.न.पा वडा नं. १ घर भई का.जि बानेश्वर बस्ने वर्ष २३ को शशांक मल्ल र साेही वडा नं. १२ घर भई का.जि शान्तिनगर बस्ने वर्ष २२ को विशाल रन्जित समेतलाई पक्राउ गरिएकाे बृत्त प्रमुख थापाकाे भनाई छ ।

पक्राउ परेका विरूद्द  लागुऔषध ऐन अन्तर्गत म्याद थप गरि मुद्दा चलाईने थानकोट प्रहरीले जनाएकाे छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!