सार्वजनिक यातायातमा पाकेटमार्ने चार युवती सहित ८२ सार्वजनिक पकेटमारी गर्दा यस्तो हुन्छ,

27

काठमाडौं, काठमाडौंमा संचालन भइरहेको विभिन्न सार्वजनिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनाहरु बढेको छ ।

उनीहरुले सांकेतिक भाषाका आधारमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । आज काठमाडौं प्रहरी परिसरले सार्वजनिक यातायातमा पाकेट मार्ने चार युवती सहित ८२ जना लाई सार्वजनिक गरेको छ ।

प्रहरीले आन्तरिक  सूचनाको आधारमा असार १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरि सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधानमा यात्रा गराई विभिन्न स्थानमा संचालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाईल, गरगहना चोर्दा चोर्दै ८२ जना ९७८ पुरुष र चार महिला० पाकेटमारहरुलाई पक्राउ गरिएको हो ।

चोरी धन्दामा लाग्ने कतिपयहरु एसआइभी तथा हेपाटायटिस रोग लागेकाहरु पनि सम्लग्न रहेको जनाएको परिसर प्रमुख उत्तम सुबेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यौनजन्य हिंसा,बृद्ध बृद्धालाई हुने दुरब्यावहार र अभद्र  ब्यावहार बढेसँगै यो धन्दामा सम्लग्नको सुची पनि लामो भेटिएको छ  हामी अनुसन्धानका क्रममा छौं सुबेदीले भने । 

आज महानगरीय प्रहरी परिसर काठमाडौ तथा मातहत वृत्तहरु पिक पकेटिङ्ग नियन्त्रण गर्ने अभियान अन्तर्गत  नियन्त्रणमा लिईएका पाकेटहरुलाई सार्वजानिक भएका हुन् । 


त्यसैगरि डलर र सुन साट्ने ठगी गर्दै हिड्ने २ जनालाई पनि प्रहरीले आजै नियन्त्रणमा लिएको छ ।

यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक ब्राहबिसे घर भइ काभ्रे पाँचखाल बस्ने जितबहादुर तामाङ र सोही ठेगाना भएका रामबहादुर तामांङ रहेका छन् ।उनीहरुले सात लाख ठगी गरेको र पन्ध लाख ठगी गर्न लागेको अबस्थामा पक्राउ गरिएको हो । 

यस्तो छ घटनाका विवरण

विवरण
काठमाडौ जिल्लामा संचालन भईरहेको विभिन्न सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनाहरु वढौको सुचनाको आधारमा मिति २०७६-०२-०१ गते देखी ऐ ३२ गतेसम्म  यातायात व्यवसायीहरुसंग सहकार्य गरि  सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई  सार्वजानिक सवारी साधनमा यात्रा गराई विभिन्न स्थानना सन्चालित वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथवाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात ८२ जना (७८ पुरुष र ४ महिला) पाकेटमार चोरहरु पक्राउ गरि आवश्यक कानूनु कारवाही गरि थप अनुसन्धान भईरहेको
तरिका
 सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २/२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखीएको ।
 निजहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने ।
 पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा :- ( पैसा – द , मोवाईल – कान, पकेटमारी पिडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द  पैसा थोरै छ जुटको द , गाडी -कांचा,
केटा – छापा, केटी -भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम,  खलासी- मले
गाडीवाट झरेर भाग-  टप्की
गाडी भित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा


वरामद तथा फिर्ता गरिएका सामान
 पकेटमारी गर्दा गर्दे विभिन्न व्यक्तिहरुका रू ६ लाख भन्दा वढी वरामद गरिएकोमा तत्काल सम्बन्धित व्यक्तिलाई पिडितहरुलाई आवश्यकतार व्यवहारीताको आधारमा फिर्ता गरिएको ।
(जि. पाँचथर घर भएका नागेन्द्र लिम्वु को वालाजुमा पाकेट मार्दा  मार्दे रु २ लाख रुपिया सहित पाकेटमारलाई  पक्राउ गरि रकम फिर्ता गरिएको )
 वरामद भएको रु.९३ हजार रकम चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरि फिर्ता गर्ने क्रममा रहेको
 मोवाईल थान:-२१ थान
 ल्यापटप :- २ थान
 अन्य सामान :

सजाय    
 पहिलो पटक पाकेट मारी १ महिना जेल तथा विगो वरावरको जरिवाना
 दोस्रो पटक  दुई महिनाको कैद तथा विगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय
 सार्वजानिक सेवा अवरुद्द

डलर र नक्कल सुन साटने भनि लुटपाट गर्ने  २ जना गिरोह पक्राउ

नयाँ वसपार्क, वौद्द ईलाका क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई  विदेशवाट फर्किएकाहरुलाई डलर र सुन साटने लगायत अन्य विदेशी रकम वढिमा साटी दिने भनि अगाडि पछाडी वण्डलमा सक्कली नोट राखि भित्र तर्फ कागज राखी देखाई साटी नक्कली पैसाको वण्डल दिई भागि हिडने २ जना महानगरीय प्रहरी परिसरको विशेष टोलीद्धारा मिति २०७६-०३-०१  गते भक्तपुर साँगावाट पक्राउ गरि थप अनुसन्धान भईरहेको  ।
हाल पक्राउ गर्नु भन्दा पहिला महानगरीय प्रहरी परिसरवाट र जिप्रका काभ्रेवाट समेत मुद्धा चलेको।

ठगि गरेर फरार भएको रकम
 थलीमा ७ लाख ठगि गरेको ।
 कपन ७ लाख  ठगि गरेको ।
 १५ लाख ठगी गर्न लागेको अवस्था पक्राउ गरिएको

नियन्त्रणमा लिईएका व्यक्तिहरु
 जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नपा ८ घर भई काभ्रे पाँचखाल वस्ने जितवहादुर तामाङ्ग
 ऐ ऐ घर भई धलिखेल वस्ने राम वहादुर तामाङ्ग

Facebook Comments

LEAVE A REPLY