‘मनिराज वाङ्मय पुरस्कार२०७५‘ साहित्यकार सुवेदीलाई

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी :साहित्यकार मनिराज जोशीको नाममा स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार२०७५‘यस वर्ष विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ ।

कैलालीस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले सो जानकारी दिनुभएको हो ।

साहित्यकार सुवेदीले लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पु¥याउनुभएकाले रु एक लाख राशिको सो पुरस्कार दिन लागिएको हो । गत वर्ष सो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि  भाषा विज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

धनगढी निवासी साहित्यकार  एवं महाकाव्यकार जोशीको नाममा उहाँका छोरा गोविन्दराज जोशीले दुई वर्षअघि उक्त पुरस्कार स्थापना गर्नुभएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!