वेस्यावृतिमा लगाइएकी नावालिका सहित ५ जनाको उद्धार

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विर्तामोड , जिल्ला प्रशासन कार्यालय, झापा विर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय, होटल व्यवसायी संघ समेतका प्रतिनिधिको उपस्थितिमा विभिन्न होटलको अनुगमन गर्दा झापा जिल्ला विर्तामोड न।पा। वडा नं ५ मा संचालित मनिका होटलबाट इलाम जिल्ला धोविधारा वस्ने वर्ष १७ की सरस्वती वस्नेत ९नाम परिवर्तित० लाई उद्दार गरिएको ।

उक्त होटल संचालनको व्यवस्थापन गर्ने जिम्मा लिने दानावारी कालीखोला वस्ने वर्ष २३ को नविन वि।क। लाई पक्राउ गरी अनुसन्धान भईरहेको । होटल संचालक ९साहु० जयपुर सनिश्चरे वस्ने निश्चल विश्वकर्माको खोजतलाश भइरहेको प्रहरीले जनमएको छ ।

नावालकलाई वेस्यावृतिमा लगाएको देखिएकोले वालवालिका विरुद्धको कसुरमा अनुसन्धान तथा कारवाही भइरहेको छ । पिडितलाई आश्रय र मनो परामर्शका लागि माइती नेपाल पठाइने प्रहरीले जनाएको छ ।

दर्जनौ होटलमा सयौं नावालिकाहरु वेस्यावृतिमा लगाइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । २ दिनको अनुगमनमा ५ जनालाई उद्धार गरिएको हो ।

विर्तामोडको सुरक्षा जिम्मा लिएका डिएसपी मोहन थापाको आगमनसँगै प्रहरीको सक्रियता बढेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!