पानीको समस्याले अन्तै सरेको बस्ती पुनः गाउँमा

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एकेन्द्र महता, अछाम, गाउँमा पनीको समस्याका कारण अन्तै बस्ती सरेको अछामको एक बस्ती पुनः गाउँमै फर्किएको छ । अछामको मेल्लेख गाउँपालिका ४ कुस्कोटको गोलाभाट बासिन्दा पुनः गाउँमा फर्केका छन् ।

केही समय अगाडी गाउँमा पानीका मुहान सुक्दै गए पछी त्याहाका नागरिक अन्तै बस्ती सर्न बाध्य भएका थिए । गाउँमा पाईपद्धारा खाने पानी पुगेपछी स्थानीय बासिन्दा निकै खुसि भएका छन् ।

लामो समय देखि पानी नपाई काकाकुल बनेका गोलाघाट बासी २५ एम एम को पाईपबाट पानि गाउँमा आएपछि खुसि भएका हुन् ।

हाल कुस्कोटको गोलाभाट बस्तीका लागि गुराँसे टाउका भन्ने स्थानबाट ९ किलोमिटर पाइपद्धारा पानी ल्याइएको छ ।

यसरी पनि गाउँमा पुगेपछि पानिको समस्याको लागि गाउ छोडेका स्थानीयबासी फेरि गाउमा फर्केका हुन् । पानी पाउने आशामा त्यहाँका महिला तथा पुरुषहरुले सक्रिय भई काम गरेको स्थानीय जिबन साउँदले बताउनु भयो ।

गाउँमा पानीका मुहान सुक्दै गएपछी करिब डेढ घण्टा पैदल हिडेर पुरानो (नाउलो) कुवाको पानी पिउन बाध्य रहेको पनि उहाँले बताउनु भयो । हाल सो खानेपाीबाट ४३ घरधुरी लाभाम्बित भएका छन् ।

खानेपानीका लागि शुदुर पश्चिम प्रदेश सरकार र मेल्लेख गाउँपालिकाबाट २३ लाख रुपैयाँ खर्च भईसकेको र अझै रकम अपुग भएको स्थानीय जनक साउँदले बताउनुभयो । सो खानेपानीको मेल्लेख गाउँपालिकाको अनुगमन समितिले अनुगमन पनि गरेको जनाईएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!