टाँटे स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाजुर : जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित टाँटे स्वास्थ्यचौकी अब अस्पतालमा  स्तरोन्नति भएको छ ।

यो स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै यसलाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताउनुभयो ।

स्वास्थ्यचौकीको स्तरोन्नोतिका लागि लामो समयदेखि पहल ग¥याँै, बल्ल अस्पताल बन्न लागेको बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताउनुभयो ।

धेरै पटक काठमाडौँ धायौँ, अहिले अस्पताल बनाउन सफल भएको शाहले थप्नुभयो । अस्पताल बन्ने भएपछि बाजुराको तल्लो क्षेत्रका नागरिकलाई ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ । यो भेगमा अस्पताल नहुँदा अहिले पनि छिमेकी जिल्ला अछामको बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

पहाडी जिल्लाको हकमा नमूना स्वास्थ्यचौकीको रूपमा टाँटे स्वास्थ्यचौकी रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । विसं २०२० मा स्थापना भएको टाँटे स्वास्थ्यचौकीमा हाल प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्यचौकीले दिने सेवाभन्दा आकस्मिक रुक्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सी सेवा, ल्याव सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत अशोक सिंहले बताउनुभयो ।

टाँटे स्वास्थ्यचौकीले दिएको सेवा हिमाली तथा पहाडी जिल्लामा उत्कृष्ट रहेको छ । त्यो सेवा सञ्चालनमा आफैँ व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा, भिसिटी केन्द्र, ओसिटी सेवासमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्यचौकीको कार्यक्षेत्रमा थप प्रसूति केन्द्र स्थापना गरेर सेवा दिइरहेको छ  । सरकारी दरबन्दीभन्दा बाहेक सबै व्यवस्थापन स्वास्थ्यचौकीले नै गरिरहेको स्वास्थ्य संयोजक दीपक शाहले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!