कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित दुई पक्राउ

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिराहा, सिराहा नगरपालिका-१६ बाट सोही नगरपालिका-२१ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय अभासकर कुमार यादवलाई कस्तुरीको बिणा जस्तो देखिने वस्तु १२ ग्राम सहित शनिबार साझँ प्रहरीले पक्राउ गरेको ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको ना.२२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गर्ने क्रममा कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!