कराते खेलाडि खपाङ्गी जापानमा

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जापान । नेपाल स्वयं सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर ’ जापान आइपुगेका छन ।

जापानको टोकियो स्थित ग्र्याण्ड मास्टरद्धय मासुमित्सु कुदाका र मसाया कोहामाको विशेष निमन्त्रणामा जापान आइपुगेका हुन् । खपाँगीले टोकियोमा यही जुन १५ देखि आयोजना हुन गईरहेको विशेष विन्टरक्याम्प टेक्निकल कराते सेमिनार(२०१९ मा सहभागी हुँदै अर्का ग्र्याण्ड मास्टर योसिहिकी फुजिता र कराते लगायत विभिन्न खेलका स्वयम(सेबक प्रशिक्षकहरु संग छलफल एबम् भेटघाट गर्ने श्रोतले बताए ।

उनी संगै नेपाल मार्सल आर्टस् हापकिदो संघका अध्यक्ष काली बहादुर घर्ती मगर र कराते खेलाडी शरद प्रशाद धिताल पनि त्यर्फ प्रस्थान गरेका छन । घर्ती एक विशेष खेलकुद भेटघाट तथा छलफलका लागि त्यस तर्फ प्रस्थान गरेका हुन भने धिताल कराते सेमिनारका लागि प्रस्थान गरेका हुन । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका नेपाल कराते महासंघका सह अध्यक्ष एबम् नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंग, नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघ कार्यालय प्रमुख राजेन्द्र क्षेत्री , मकाउ एनआरएनका पुर्ब अध्यक्ष मुकेश बरुवाल,सिनियर कराते प्रशिक्षक हरि बहादुर थापा लगायतले एक विशेष कार्यक्रम बिच बिदाई गरे । उनिहरु बुधवार स्वदेश फर्कनेछन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!