भारत जान पाएनन् आइजीपी खनाल

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहसचिव प्रेम राईले भारत भ्रमणमा जान रोकेका छन् ।

आइजीपी खनाललाई गत महिना भारतले भ्रमणको निमन्त्रण पठाएको थियो । निमन्त्रणा आएको भन्दै भ्रमणको स्वीकृतिका लागि गृहमन्त्रालय पुगेका खनाललाई सचिव राईले भ्रमणको उदेश्य र औचित्य प्रष्ट पार्न भन्दै अस्वीकृत गरिदिएका हुन ।

मन्त्रालय स्रोतका अनुसार राईले गर्नु पर्ने काम नगरेको र भ्रमणमा मात्रै जाने गरेको आरोप लगाउदै भ्रमण अस्वीकृत गरेका हुन ।

गत चैतमा थाइल्याण्डमा भएको विमस्टेक सदस्य राष्ट्रहरुका भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालले पाकिस्तानबाट आतंकवादी क्रियाकलापमा सघाऊ पुगेको भन्ने प्रस्तावमा सहमति जनाएको आरोप राईले खनालमाथि लगाउदै आएका छन् ।

त्यही बहानामा सचिव राईले खनालमाथि निरन्तर दुःख दिइरहेको निकट स्रोत बताउँछ । सो विषयमा राईले खनालसंग लिखित र मौखिक सोधखोज गरेका बताइन्छ । त्य

ही विषयमा सोधीखोजी भइरहेका बेला भारतबाट भ्रमणकै निम्तो आएपछि खनाललाई झन शंकाको नजरले मन्त्रालयले हेरेको स्रोत बताउँछ ।

समस्याको समाधान प्रहरी प्रमुखको भ्रमण रोकेर मात्र हुँदैन । खुला सिमाना भएको भारतसँग गर्नुपर्ने सुरक्षा व्यवस्थापनको विषयमा भारतीय पक्षबाट सहयोग नभए के हुन्छ भन्नेतर्फ गृह सचिव राईको ध्यान गएको खोई ? अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!