सशस्त्रका आइजीपी खनालको धन्दाले लियो उग्ररुप ! ‘डिआइजीदेखि लागेको बानी अहिले पनि उस्तै’

24

काठमाडौं , सशस्त्र प्रहरी महानिरिक्षक आइजीपी शैलेन्द्र खनाल यती बेला कमाउ भन्दामा तल्लिन छन् । अबकास पछि राम्रै पैसा चाहिन्छ भन्दै उनले उठन्तीलाई ध्यान दिएका छन् ।

उनका अनैतिक धन्दा बिरुद्ध सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अध्ययन थालेको दाबी गरिएको छ । उनको विगत पनि उस्तै डर लाग्लो छ ।

अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले उक्त प्रकरणबारे विशेष अनुसन्धान थालेको स्रोतहरूले दाबी गर्दै भने,‘प्रशासनिकलगायतका विषयमा पनि अति गोप्य अनुसन्धान थालिएको हो ।’ उनीसँगै अन्य उच्च तहका कर्मचारीहरु को पनि गोप्य अनुसन्धान अघि बढेको हो ।

डिआइजीदेखिनै उठन्तीमा तल्लिन  भएर लागेका सशस्त्रका आइजीपी खनालको चर्तिकलाले कहिले कानुनी रुप पाउला सुरक्षासँग सरोकार राख्नेहरुले खुलेरै चर्चा गर्न थालेका छन् ।

सशस्त्र प्रहरीका लागि चुस्ता, टब बुट, बुट, कन्सन्टिना, उलन र कटन कपडा, हिमाली ज्याकेट, हिमाली बुट, स्लिपिङ व्याग, रुक्स्यान ब्याग, ब्यारेट क्याप झुल, रासन ,पानी लगायतको खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिनका लागि फाइल उठाएको दाबी गरिएको हो ।

आइजी खनालको नजिक रहेका ठेकेदारहरू दिपक मल्वत्रा,दिपक भट्ट,ज्ञानेन्द्र बस्नेत (नेपाल प्रहरीका भूपू सई), पिताम्बर मुन्का,  राजमान मिश्र,शरण अग्रवाल, राजु थापालगायतले सशस्त्र प्रहरीका लागि आवश्यक सामान खरिदको ठेक्का पाउँदै आएका छन् ।

जसमा बस्नेतले टप बुट, बुट, कन्सन्टिना, उलन र कटनका लत्ता मुन्का, हिमाली ज्याकेट र बुट अग्रवालले ठेक्का पाएका थिए ।

यस्तै, स्लिपिङ ब्याग, रुक्स्याक ब्याग थापाले ठेक्का गर्दै आएका छन् । सार्वजनिक खरिद ऐनविपरित चर्को मुल्यमा यस्ता सामग्री खरिद गरिएको तर कमसल सामान भित्राएर भुक्तानी दिइएको उजुरी अख्तियारमा परेपछि छानबिन थालिएको स्रोतको दाबी छ । 

उक्त ठेक्कामा करोडौं  घोटाला भएको बुझिएको छ । यहि प्रकरणमा अख्तियारले फाइल अध्ययन गरिरहेको छ ।

के–केमा भयो भ्रष्टाचार ?

निवर्तमान आइजी सिंहबहादुर श्रेष्ठले आर्थिक बर्ष ०७४र७५ मा पोशाक सम्बन्धी बोलपत्र रद्द गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले आर्थिक नियमअनुसार गर्ने निर्णय गरेको थियो ।

तर आइजी खनालले गृह र अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक बर्ष ०७५र७६ मा बिनियोजित बजेटबाट खर्च लेखेका थिए । ४२ करोड बराबरको उक्त रकम अघिल्लो बर्षको टेण्डर सुनिश्चितताबिना यस आर्थिक बर्षको बजेटबाट रकम खर्च गर्न मिल्दैन, कानुन विपरित हुन्छ ।

हिमाली पोशाकको विशेष स्पेक हुनु पर्नेमा सामान्य स्पेकबाट नै बढी मुल्य कायम गरी गरिद गरी रुकस्याक झोलाको साटो सामान्य बजारमा पाइने ब्याकप्याक झोला खरिद गरिएको छ, बिना टेन्डर ।


खनालले निवर्तमान आइजी श्रेष्ठले मासिक सीमा भन्दा कम खर्च गरी बाँकी रहेको अघिल्लो बर्षको बिनियोजित बजेट तीन महिनामा नै नियममिचेर सकिदिए ।

भाडा तर्फको रकम पनि बोलपत्र आह्वान नगरी सिधै ट्रान्सपोर्ट कम्पनीसँग मोलमोलाईका आधारमा खर्च गरिएको विवरणहरू स्रोतले दिएको छ ।


हालै मात्र आइजी खनालनिकट मानिने सुनसरीको झुमकास्थित बराह बाहिनीपति डिआइजी मन्दिप श्रेष्ठ नियमविपरित सशस्त्र प्रहरीका तल्लो दर्जाका कर्मचारीलाई विदा दिएर उनको राशनवापतको भ्रष्टाचार अभियोगमा छानबिनको दोषी देखिएका थिए ।

यस्तै, खनाल प्रकरणमा डिआइजी तथा सशस्त्र प्रहरी प्रवक्ता सूरज श्रेष्ठको पनि यो प्रकरणमा संलग्नता रहेको आरोप छ ।

सत्ताधारी बिच पनि यस्तो 

खनालको लुटलाई लिएर सत्ताधारी बिच पनि विमती देखिएको छ ।

आइजी खनालको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारसँग गहिरो सम्बन्ध रहेको छ ।

उनका पारिवारिक सदस्यसँगको सम्बन्धका आधारमा नै उनले प्रशासनयन्त्रलाई चलाएको पनि दाबी गरिएको छ । उता प्रधानमन्त्री केपी ओली भने उनीसँग रुष्ट रहेका छन् ।

यस अभियोग र चर्चाबारे सशस्त्र प्रहरी आइजी खनालसँग पटक पटक सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् ।

यता पनि चाकरी

ब्यापारी उपेन्द्र महतोलाई नेपाल प्रहरीले दिएको सुरक्षाकर्मी उनलाई कुनै थ्रेट नभएकाले फिर्ता गर्यो तर पावर ब्रोकरका रुपमा चिनिने महतोलाई आइजीपी खनालले तुरुन्तै सशस्त्र प्रहरीबाट गार्ड र ड्राइभर पठाइदिएका थिए ।

त्यसैगरि विवादास्पद कांग्रेस सांसद अमरेशकुमार सिंहलाई उनले फेरि सुरक्षाकर्मी दिएका थिए ।
त्यसका अलावा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, डा। प्रकाशशरण महतलाई पनि सुरक्षाकर्मी र चालक दिइरहेका छन् ।

सशस्त्र प्रहरी संगठनका सयौं सुरक्षाकर्मी र सवारी चालकहरुलाई खनालले आइजीपी सचिवालयमा काजमा राखी सत्ताधारी दलसँगै अन्य दलका नेता र भीआइपीहरुको चाकरीमा पठाउने गरेका छन् ।

यो साँठगाठ के हो ?

यो साँठगाठ के हो ? आईजीपी शैलेन्द्र खनाललाई हाम्रा् प्रश्न ? उनीसँग अति निकट डीआईजी सुरज श्रेष्ठका काकाका छोरा भएकाले प्रवीणकुमार श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रबाट पुनः २ नम्बर प्रदेशको इन्चार्जमा पठाइएको थियो ।

यस्तो सरुवा विगतमा उमेर ढाँटेर अवधिभन्दा बढी समयसम्म जागिर खाने विवादास्पद डीआईजी नगेन्द्र सिंहको हकमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गरेका थिए । श्रेष्ठलाई पनि नगेन्द्र सिंहकै शैलीमा इन्चार्ज टु इन्चार्जमा सरुवा गरिएको थियो ।

आईजीपी खनालले २ नम्बर प्रदेशबाट तत्कालीन डीआईजी कविन्द्रमान श्रेष्ठलाई ९ महिना नपुगी सरुवा गरेर उनलाई पठाइएको हो । सशस्त्र प्रहरी बलमा कति डीआईजीले क्षेत्र वा प्रदेशमा सरुवा हुनै पाएका छैनन् ।

तर, आईजीपी खनालका निकट डीआईजी सुरज श्रेष्ठका आफ्न्त भएकै कारण प्रवीण श्रेष्ठले यस्ता थुप्रै अवसर पाउँदै आएका छन् ।

सीमा क्षेत्रमा बसेर असुली गरेको रकम डीआईजी सुरेज श्रेष्ठमार्फत आईजीपीसम्म पुर्याउने भएपछि उनलाई यस्तो अवसर दिएको स्रोतको दाबी छ । २ नम्बर प्रदेशमा  उठन्तीका लागि  असई दीपेन्द्र झा र सिपाही रोशन मिश्रलाई परिचालन गरेको थियो ।

झाको दरबन्दी १० नम्बर गण सर्लाहीमा छ । तर, उनीहरुलाई २ नम्बर प्रदेशका रौतहट, सर्लाही र धनुषाका बोर्डरमा असुली गर्नका लागि परिचालन गरिएको छ । १० नम्बर गणका प्रमुख एसपी समरबहादुर श्रेष्ठ छन् ।

उनलाई आईजीपी खनालले नै फोन गरी झालाई घुमुवाका रुपमा खटाउन निर्देशन दिएका थिए । 

Facebook Comments

LEAVE A REPLY