पाँच किलो चरेश सहित अमेरिकन नागरिक पक्राउ

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ, प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध लागुऔषध चरेश सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज विहान १०:०० बजे नेपाल एयरलाईन्स Bangkok RA401 को उडानबाट बैङकक हुदै अमेरिका जान लागेका अमेरिकन नागरिक William Herron लाई ५ किलोग्राम चरेश सहित पक्राउ गरेको छ ।

विमानस्थलको डिपाचर A2 X-ray Hold Baggage मा निजको ब्याग चेकजाँच गर्दा चरेश फेला पारेको हो । प्रहरीले चरेश सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!