पत्रकार महासंघद्वारा तेश्रो चरणको आन्दोलन घोषणा

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल पत्रकार महासंघले संसद सचिवालयमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले घोषणा गरेको कार्यक्रम अनुसार आगामी असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्ने, असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध केन्द्रमा कार्टुन प्रर्दशन गर्ने उल्लेख छ ।

यस्तै असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने, असार २५ गते मध्यान्ह १२ बजे लालटिन जुलुस गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने महासंघले जनाएको छ ।

मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिडिया काउन्सिल विधेयकले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने भन्दै महासंघले यसअघि दुई चरणका आन्दोलन गरिसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!