कब्जाको होडबाजीले सत्ताधारी नेकपामा सकस !

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, कसैलाई खातै खात कसैको भने पुर्पुरोमा हात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिबेला यही अवस्था छ ।

कोही नेता चार वटासम्म पद ओगटेर बसेका छन् भने कतिपय नेता पदअनुसारको कामसमेत नपाएर ढाक्रे बनोका छन् । यसैलाई मिलाउन खोज्दा दलको जिम्मेवारी बाँडफाँडसम्बन्धी कार्य अघि बढ्न सकेको छैन ।

प्रधानमनत्री केपी ओली (पार्टी अध्यक्ष पनि) गत साता युरोप भ्रमणमा निस्कनुअघि नै जिल्ला इन्चार्ज, सह इन्चार्ज र केन्द्रीय सदस्यको जिम्मेवारी तोक्न भनेर गत जेठ २१ ग्तेबाट २४ गतेसम्म बस्दै विनानिष्कर्ष टुंगिदै गरको पार्टी सचिवालय बैठकले समस्या समाधान गर्नेभन्दा पनि समस्यालाई ज्यूँका त्युँ नै राखेर युरोप उड्नु भएको छ ।

गत बिहीबारको सचिवालय बैठकमा ओलीले अब आफू युरोप भ्रमणबाट फर्किएपछिमात्रै बाँकी रहेका सबै विषय टुंग्याउने प्रस्ताव राखेपछि दलको कार्यविभाजन लम्बिएको हो । मूलतः नेकपामा कार्यविभाजन गर्दा दोहोरो जिम्मेवारी दिने नदिने विषयमा यतिबेला दलमा विवाद छ ।

पार्टी सचिवालय सदस्य तथा वरिष्ठ नेता माधव नेपाल कुनै पनि नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान लिनुभएको छ भने ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने भएकाले कसैले दोहोरो जिम्मेवारी पाउँदा पनि हुने पक्षमा रहनु भएको छ ।

पूर्व एमालेका नेताबीचको यो चर्काचर्कीलाई पूर्व माकेका लागि भने दिन कटनीजस्तो हुन थालेको छ । प्रम ओली नौ दिने भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गर्नु भएको छ । उहाँ असार १ गतेमत्रै स्वदेश फर्किने कार्यक्रम छ ।

दलभित्र समायोजनका मुद्दामा ओली र माधवले राख्दै आउनु भएको अडानका पछाडि दलमा आफ्नो वर्चस्व बढाएर लैजानु नै हो । नेकपाको ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमालेका तर्फबाट २६ जना सदस्य रहेका छन् ।

यीमध्ये १३ जना ओली पक्षका र १३ जना माधव, झलनाथ खनाल र वामदेव गौतम पक्षका रहेका छन् । स्थायी समितिमै ओली खेमाका भनिएका सदस्यमध्ये मुकुन्द न्यौपाने र छविलाल विश्वकर्मामात्रै यतिबेला बेरोजगार हुनुहुन्छ भने बाँकी सबै पार्टी र सरकारको कुनै न कुनै हिसाबको भूमिकामा रहेका छन् ।

यता माधव पक्षका भनिएका मध्ये ६ जनाले मात्रै जिम्मेवारी पाएकै कारण पनि यतिबेला माधवको यो अडानमा खनाल र गौतमको समेत सहयोग रहेको छ ।

दलका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिध मन्त्री, सांसद र प्रदेशका सांसदमा ओली पक्षधरकै वर्चस्व रहेकाले दलभित्र आफ्नो उपस्थिति कमजोर रहेको देखेर नै माधव पक्ष दोहोरो जिम्मेवारीको विपक्षमा उभिएको एमालेकै एक स्रोतले बताएको छ ।

उता, यसअघि जिल्ला अध्यक्ष र सचिवको भागबन्डा हुँदा पूर्व एमालेको भागमा परेका मध्येमा माधव पक्षको बलियो उपस्थिति देखेर दलमा आफ्नो पकड गुम्ने भयले यतिबेला ओली पक्षलाई सताएको छ । यसैले पनि ऊ पार्टी भित्र कुनै न कुनै रुपमा आफ्नो वर्चस्वलाई कायम राख्न पनि अनेक युक्ति खोज्दै आएको छ ।

यसैको परिणमस्वरुप पछिल्लो पटक जिम्मेवारी बाँडफाँड र जिल्ला इन्चार्ज तथा सह इन्चार्जको पजनीमा दोहोरो जिम्मेवारी तोकेरै भए पनि आफूलाई बलियो बनाउने योजनामा ओली पक्ष अडिग देखिएको हो ।

जिल्ला अध्यक्षमा नौ जना र सचिवमा २५ जना माधव पक्षका नेता छन्, अहिले पन दोहोरो जिम्मेवारी दिन नहुने माधव पक्षको अडान स्वीकार्यौं भने हाम्रो पकड खस्किँदै जान्छ– ओलीलाई उहाँका निकटवर्तीले दिएको यो सल्लाह हो ।

उनीहरु विगतमा जिल्ला र जनवर्गीय संगठनमा लागू गरिएको मापदण्डले आफ्नो पक्षको अवस्था खस्कँदो रहेकै कारण पनि माधव पक्षको अडानलाई पेलेरै भए पनि निर्णयमा ओलीलाई दबाब दिँदै आएका छन् ।

खासगरी ओलीलाई यस्तो सल्लाह दिनेमा उहाँकै राजनैतिक सल्लाहकार विष्णु रिमाल रहनु भएको बालुवाटारभित्रकै स्रोतले बताएको छ ।

ओलीले अघि सार्नुभएको दोहोरो जिम्मेवारीको मापदण्ड जिल्ला इन्चार्ज सह इन्चार्जदेखि सचिवालयमै लागू हुन्छ ।

तर, नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने भनेर माधवले अघि सार्नुभएको मापदण्ड लागू भयो भने सचिवालय सदस्यले दाबी गरिरहेका महत्वपूर्ण विभागको जिम्मेवारी पनि माधव र गौतममध्ये एकको भागमा पर्ने सम्भावना रहन्छ ।

यस्तो भएमा ईश्वर पोखरेल, रामबहादुर थापा लगायतको भूमिका दलमा नगण्य नै हुने र महासचिव विष्णु पौडेल पनि त्यही पदमा मात्रै सीमित रहेर बस्नुपर्ने भएकै कारण पनि ओली पक्षमा हताश मनस्थिति देखिनुाई अस्वभाविक मान्य सकिन्छ, विमर्शमा उल्लेख छ ।

यसैकारण पनि आफ्नो अडानमा लचिलो बन्नका लागि माधव पक्षलाई ओली पक्षले आग्रह गरिरहेको छ । तर, दलमा कसैलाई खातै खात अवसर कसैलाई भने ढाक्रेको अवस्थामा राख्ने अध्यक्षको योजनामा आफू कुनै हालतमा पनि सहमत नहुने माधवले बताउँदै आउनु भएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!