ओम अस्पतालको डाक्टरको लापरबाही : पत्थरीको अप्रेसन गर्दा आन्दा काटिएर बिरामीको मृत्यु

- June 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक बिरामीको मृत्यु भएपछि छ । अस्पतालमा रहेका मृतकका आफन्तका अनुसार पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको बताएका छन् । अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो ।
रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको थियो । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेको तर अप्रेसन गरेकोभोलीपल्ट मृत घोषणा गर्नुले पनि शंका उत्पन्न भएको आपन्तहरुको दाबी रहेको छ ।
ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तको भनाई रहेको छ । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’
रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका थिए । डा. रविन कोइरालाको नेतृत्वमा उनको अपरेशन भएको थियो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गरेर रामप्यारीलाई आईसीयूमा राखेको थियो ।
अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगाएको थियो । त्यही दिन अर्को अपरेशन गरिएको थियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्यााकिएको डा. कोइरालाले विरामीको आफन्तलाई जानकारी दिएका थिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखिको थियो । खड्कले बताए, ‘हामीले दिनमा ६० हजार रुपैयाँसम्म औषधी प्रयोग गरेका छौँ । उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’ अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको भएपनि एकाएक निधन भएको भन्नु अस्पतालका डाक्टरहरुको लापरबाही भएको आफन्तहरुको दाबी रहेको छ । अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुका साथै कारबाही हुनुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!