हवाई आक्रमणमा पाँच सैनिक मारिए

- June 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कुन्दुज, अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिनुभयो ।

इमााम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा  अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!