बैंकका सिइयोेहरुनै बने रेस्टुरेन्ट, सुपर मार्केट, हस्पिटलदेखि विमा कम्पनीका एजेन्ट !

- June 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

छायाँचन्द्र भण्डारी, काठमाडौं, तपाई समाचारको शिर्षक पढेपछि एक पटक छक्क पर्नु भयो होला ? छक्क नपर्नुहोस् यस्तै खबर छ, मुलुकका ठुला भनिएका बाणिज्य बैंकका बैंकर अर्थात सिइयोेहरुको नाली बेली ।

पछिल्लो समय सिइयोेहरु बैंकलाई साक्षी राखेर राजधानीका विभिन्न रेस्टुरेन्ट, सुपर मार्केट, स्टार होटल, हस्पिटलदेखि विमा कम्पनीका एजेन्ट बनिरहेका छन् । उदाहरणको लागि सामान्य तया कुनै ब्यापार ब्यावसाय गरेको ब्यक्ती एक बाणिज्य बैंकमा ऋण लिन पुग्छ ।

जब ऋणका लागि प्रारम्भिक कुरा हुन्छ तब कुरा आउछ विमा गर्ने । त्यो पनि सिइयोले भनेकै इन्सुरेन्स कम्पनीबाट । किनकी त्यसरी गरिएको विमाको कमिसन सरासर बैंकमा आउँछ र विमा कम्पनीले दिएको टार्गेट पुरा गरेपछि विदेश भ्रमणको प्याकेज दिन्छ ।

सो प्याकेजमा निशुल्क विदेश भ्रमण हुन्छ । भएन त काइदा ! यो त एउटा उदारण मात्र हो । धेरै जसो सिइयोहरुको यस्तै धन्दा बैंकासुरेन्स अर्थात लाईफ इन्सुरेन्स पोलीसी देखि बिभिन्न कम्पनीसँग सम्झौता गर्ने सो समाचार छपाउनमै रमाएका छन् ।

यस्तो विकृती बढेपछि सरोकारवालाहरु चिन्तित बनेका छन् । तर, नेपाल राष्ट्र बैंक बेखर जस्तै छ । सिइयोहरु विमाका लागि खटिएका छन् । यो सँगै डेविट कार्ड एटिएम कार्ड भिडाएर विभिन्न स्थानमा डिस्काउन्ट पाइन्छ भन्दै प्रचारमा खटिएका छन् । 

धेरै जसो सिइयोहरु बैंकको हित, उधोग धन्दामा लगानी, निक्षेप संकलन, ग्रामिण भेगका जनतामा बैंकको पहुच पुर्याउन तल्लिन हुनु पर्नेमा विमा कम्पनीको एजेन्ट बनेर ब्यक्थीगत शुभलाभ लिने क्रम बढेपछि यस्तो खबर बाहिर आएको हो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!