करिब २५ तोला चाँदी सहित पक्राउ

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्सा, वीरगंज महानगरपालिका-१५ भानु चोकबाट बारा कोल्वी नगरपालिका-१ बस्ने २४ वर्षीय अनिल रामदाम र १८ वर्षीय जिवन रामदामलाई २५ तोला चाँदी सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैयाबाट वीरगंज बसपार्कतर्फ जाँदै गरेको बा.९६ प १९११ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट उक्त चाँदी फेला पारी र मोटरसाइकलमा सवार जिवन समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!