पुर्वमा पाँच जना डेंगुका विरामी फेला, सर्तकता अपनाउन डाक्टरको सल्लाह

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

शिव भटटराई, इटहरी , डेगुंका विरामीहरु  इटहरी उपमहानगरपालि र मोरङको सुन्दर हरैचाका क्षेत्रमा समेत फेला परेपछि उच्च सर्तकता अनाउन स्वास्थय कर्मीले आग्रह गरेका छन भने इटहरीमा दुई जना र सुन्दर हरैचामा थप५ जना डेगुंको संक्रमी भेटिएको  हो ।

केही समय अगाडि देखी  धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको थियो

केही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो ।

त्यसै गरी इटहरी अस्पतालमा उपचाराथ्र्य भर्ना भएका थप दुई जनामा डेगुं देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिनुभयो ।

गत १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी गर्न थालिएको समेत उनले वताए । डेंगु फेला परेका विरामी हरुमा कोपिला दाहाल, देवेन्द्र दाहाल, यमुना गुरुङ, पर्वल गुरुङ र कृष्ण शाहमा हाल सम्म फेला परेको बताइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!