मन्त्रीका बिलौना सुनेर प्रचण्ड छक्क, चाकडीबाज नै राजदूतमा सिफारिस !

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, राजीनामा दिन्छु, अहिले नै सरकार छोड्छु भनेर एक जना मन्त्री प्रचण्ड निवासमा पुगिरहन्छन् बेलाबेलामा । त्यो पनि कस्तो बेलामा भने प्रधानमन्त्री केपी ओलीले आफूले भनेको नमानेमा वा आफूले गर्नुपर्ने राजनीतिकलगायतका नियुक्तिहरु रोकिएपछि ।

सचिव सरुवा गर्नुपर्यो भने पनि यी मन्त्रीको त्यस्तै रोइलो हुन्छ । यो क्रम अहिले भर्खर होइन एक वर्ष पहिला अर्थात् असारदेखि नै निरन्तर छ । तर, बेलामौकामा प्रचण्डले फकाईरहन्छन् र भन्छन् तपाई मात्रै त हो नि प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् बैठकमा बोल्ने ।

यस्तो मान्छेले सरकार छोड्नु हुँदैहुँदैन । कहाँ राजीनामा दिने कुरा गरेको ? बरु म प्रधानमन्त्री हुँदा पनि तपाई दोहोरिने हो । प्रचण्डको आश्वासन पाएपछि ती मन्त्री फेरि काममा फर्किन्छन् । खासमा यो वास्तव मै छोड्नलाई यस्तो भनेको हो कि काम गर्न नसकेपछिको प्रतिक्रिया हो ?

बुझ्न नसकिएको प्रचण्ड निकट स्रोत नै प्रश्न गर्छ । यस्तो बिलौना गर्ने मन्त्री अरु कोही नभएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव हुन् । यादवले उद्योग मन्त्रालय राम्रोसँग चलाउन सकेका छैनन् । हुन पनि मन्त्री यादवले गर्न खोजेका नियुक्ति प्रधानमन्त्रीले रोकिदिएकै हुन् ।

मन्त्री यादवलाई त्यसको रिस पनि हुन सक्छ । अनि आफूले भनेको काम नभएपछि सचिव सरुवा गराउन पनि उनले यस्तै भनाई दोहोर्याउँदै आएका छन् । खासमा सचिव चन्द्र घिमिरेलाई सरुवा गराउन प्रधानमन्त्री केपी ओली राजी थिएनन् ।

वाणिज्य क्षेत्रमा राम्रो दख्खल भएका घिमिरेले मन्त्री यादवले भनेझै काम गरेनन् । अनि त्यति नै बेला सहसचिव रविशंकर सैजुको भूमिका पनि शंकास्पद रह्यो । वैदेशिक सहायता महाशाखामा काम गरेका सैजु मन्त्रालयमा भारतनिकट भनेर चिनिन्थे ।

भारतीयहरुले ल्याएका प्रस्तावलाई सहजै स्वीकार गरिदिन्थे वार्ताका क्रममा । त्यो बुझेका सचिव घिमिरेले केही मुद्दामा रोक्न पनि खोजेका थिए । तर, प्रधानमन्त्रीसँग समेत पहुँच बनाएका सैजुले सचिव घिमिरेविरुद्ध केही कुरा लगाइसकेका थिए । त्यही बेला मन्त्री यादव पनि सचिव सरुवा गर्नुपर्ने अडानमा रहे ।

स्रोत भन्छ, प्रधानमन्त्री ओलीले सचिव सरुवा गर्न नमान्दा मन्त्री यादव प्रचण्ड निवास खुमलटार पुगेर सचिव सरुवा नभए आफूले राजीनामा दिनेसम्मको धम्की दिए । त्यसमा सैजुको थप भूमिका त थियो रहेको स्रोतको दाबी छ । हुन त सैजु २०७५ मै चैतमा अवकाश भइसके ।

यसरी यादव आफ्नो काम गराउनलाई पनि राजीनामाको धम्की दिन्छन् । अनि अर्को कुरा, उदयपुर सिमेन्ट कारखाना, नेपाल औषधि लिमिटेडमा विभिन्न नियुक्ति गर्न खोजिरहेका छन् । त्यसपछि मन्त्रालयमा स्वतन्त्रपूर्वक काम गर्न नपाएर दिकदार भएका मन्त्री यादव बरु राजीनामा दिने भन्दै केही दिन पहिला प्रचण्ड निवास पुगेर गुनासो पोखेका थिए ।

चाकडीबाज नै राजदूतमा सिफारिस !
स्पेनमा दूतावास स्थापना गर्ने कुरा मै सबैभन्दा बढी प्रश्न थियो । त्यो देशको नेपाली दूतावास आवश्यक हो कि होइन भनेर प्रश्न मात्र उठेको थिएन ६ महिनासम्म कार्यालय तयार हुन पनि सकेको थिए । जसले गर्दा सोर्सफार्समा राजदूत भएका पूर्व जर्नेल भरत रायमाझी बेकामे भएर बसे ।

स्वच्छ छबि र कूटनीतिक दख्खल नभएपनि राजदूत बन्ने मौका पाए । पूर्व जर्नेल भरत रायमाझी जो नेपाल आर्मीमा भर्ना काण्डमा परेर लगभग एक करोड दण्ड तिरेका थिए । उनी राजदूत नियुक्त भएपछि पनि झन्डै ६ महिना बेकामे भएर बिताए ।

तर, जब उनले काम गर्न थालेका थिए राजदूतबाट फिर्ता हुन बाध्य भए । खासमा तत्कालीन मन्त्री कमल थापाको कोटाबाट त्यहाँको राजदूतमा नियुक्त हुने मौका पाएका थिए । तर, रायमाझीलाई फिर्ता बोलाईयो । नेकपाको सरकारले एक जना व्यवसायीलाई काखी च्यापेर राजदूत बन्ने अवसर दिइएको छ ।

ओली सरकारबाट विभिन्न फाइदा लिँदै आएको छ । राज्यशक्तिको दोहनमा शक्तिको पहुँच विस्तार गर्दै लैजाने क्रममा यति एयरलाइन्स समूहले व्यापारलाई पनि राम्रैसँग विस्तार गरेको छ । त्यही क्रममा नेकपाको सरकारले यो समूहका लागि राजदूत पद नै उपहार दिएको छ ।

थामसेर्कुका मालिक सोनाम शेर्पाकी छोरीलाई स्पेनको राजदूतमा सिफारिश गरेको छ । दक्षता, क्षमता, कूटनीतिक अनुभव भएको भए पनि पर्यटन व्यवसायको क्षेत्रको परिवारले राजदूत पाउनु राम्रै मानिन्थ्यो होला । सोनामकी अविवाहित छोरी दाफुटी शेर्पा राम्रो कूटनीतिक क्षमता भएकी युवती पनि होइनन् ।

कलिलै उमेरकी अविवाहित शेर्पालाई भर्खरै दूतावास खोलिएको देशमा पठाउनु आफैमा जागिर दिनुबाहेक उपलब्ध शून्य हुने चर्चा परराष्ट्र मन्त्रालयमा हुने गरेको छ ।

वैदेशिक मामिलामा दख्खल नभएकाहरु, कूटनीतिक क्षेत्रको अनुभव शून्य र हैसियत नभएकाहरुका साथै बद्नामहरुलाइृ राजदू जस्तो देशकै प्रतिनिधित्व गर्ने पदमा नियुक्ति गर्दा तलबभत्ता खुवाउने बाहेक अरु अपेक्षा गर्न नसकिने टिप्पणी कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुले गरेका छन् ।

यस्तै नियुक्तिले गर्दा नेपालको कूटनीतिक क्षेत्रको हैसियत प्रष्ट पारिदिने टिप्पणी हुने गरेको छ । यस्तै प्रचण्डको कोटाबाट अष्टे«लियाका लागि राजदूत बन्ने अवसर पाएका नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष हुँदा कार्यक्षमता नभएर असफल भएका महेशराज दाहाल अर्का विवादास्पद र बद्नाम व्यक्ति हुन् ।

कांग्रेस पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको सोर्सफोर्सबाट नेपाली टेलिभिजनको अध्यक्ष बन्ने मौका पाएका दाहाल प्रचण्डलाई नाता लगाउँदै नेकपामा प्रवेश गरे ।

माओवादीमा त्याग, तपस्या, बलिदान गरेका, कूटनीतिक अनुभव भएका सबैलाई पछारेर प्रचण्डको जोडबलमा राजदूत जस्तो महत्वपूर्ण पदका लागि सिफारिस हुन पुगेका छन् ।

नेपाल टेलिभिजनको कोहलपुर स्टेशन भ्रमणमा गएका बेला महेशराज दाहालले सबैको सामुन्ने गेटको ढोकालाई रेस्ट रुम प्रयोग गरेर बद्नामी कमाएका थिए । महेशराज दाहाल एनटीभीमा रहँदा पदको गरिमा, मर्यादाको ख्याल नगर्ने भनेर चर्चित छन् ।

दाहाल वरिष्ठ अधिकृतहरुको बैठकमा समेत अमर्यादित, अशिष्ट शैलीमा प्रस्तुत हुने गरेका थिए । कूटनीतिक शैली र सामान्य शिष्टता समेत नभएका व्यक्तिलाई हचुवाको भरमा अष्ट्रेलिया जस्तो विकसित मुलुकका लागि राजदूत सिफारिस गर्नु देशकै दुर्भाग्यका रुपमा नेपालका बुद्धिजीवीहरुले लिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले यस्तै व्यक्ति बोकेर हिड्ने गरेकाले बद्नाम हुने गरेको एक जना पूर्व माओवादी नेताले टिप्पणी गरे, साँघुमा उल्लेख छ ।

देशको छवि सुधार गर्नेभन्दा पनि चाकडीबाजहरुलाई काखी च्यापेर जागिर दिने र पार्टीका एक से एक होनाहार कार्यकर्ताहरुलाई चिढ्याउने काम प्रचण्डबाट हुने गरेको पछिल्लो उदाहरण नेकपाका चैते कार्यकतौ महेशराज दाहाललाई बनेका छन् ।

पार्टी एकरत्ति योगदान नभएका यस्ता व्यक्तिलाई प्रचण्डले राजदूतमा सिफारिश गर्नु लाजमर्दो विषय भएको नेपालको कूटनीतिक वृत्तमा चर्चा छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!