सेयर–बजार : आज पनि घट्यो नेप्से

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज सोमबार पनि नेप्से घटेको छ । नेप्से आज आठ दसलव ७८ अंकले घटेर १२ सय ७५ दसमलव ८२ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ४३ अंकले घटेर दुुई सय ७२ दसमलव ४६ अंकमा पुुगेको छ ।

एक सय ७३ वटा कम्पनीहरुको आठ हजार तीन सय ३४ वटा कारोवारमा २० लाख ७२ हजार तीन सय चार कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६१ करोड तीन लाख ४७ हजार तीन सय ३४ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक घटेकाछन भने तीन वटाको बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६१ अंकले घटेर ११ सय ३७ दसमलव ७२ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!