नेतालाई गाली गर्न पाउनुहुन्न, देश बिगारेको मैले र तँपाइले हो

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेतालाई गाली गर्न पाउनुहुन्न, देश बिगारेको मैले र तँपाइले हो । मेरो देश त्यति बेला बन्छ ,जब गल्ली गल्लीमा बाटो बन्छ ।  हरेक जिल्लामा सडक बन्छ ।

७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका सथ काम गरेमा समाज बन्छ । समाज अनुसार नेतृत्व बन्छ । नेतृत्व समाजको प्रतिबिम्ब हो । हामी भोट हजार रुपैयाँमा बेच्छौँ ।

पार्टी हेर्छौँ, अनि गाली तिनै समाजका हाम्रा प्रतिबिम्बलाई गर्छौ । हाँस्यास्पद त के छ भने एक जना सांसदले चुनावमा ठाउँ हेरेर १५ करोड देखि ५० करोड सम्म खर्च गर्छ प्रचार प्रसारको लागी ।

सबैलाई थाहा भएकै कुरा हो चुनावको बेला पुच्छर लागेर हिँडेमा पेट्रोल,रिचार्ज,र रक्सी खाने पैसा उक्त नेताले खर्च गर्छ ।  उस्ले त्यो पैसा असुल्ला कि नाई ?

तर हामी बुझ्दैनौँ, तपाईं बुझ्नुहुन्न उस्ले गरेको लगानी ५० करोड लगाएपछि उस्ले त्यो पैसा कमाउनु परेन ?  यदि तपाईं बिजनेस गर्नुहुन्छ भने लगानी त उठाउनै पर्यो । त्यो संगै मुनाफा अर्थात नाफापनि त कमाउनु पर्यो । उक्त नेतृत्व जस्तो समाज हुन्छ त्यही समाजको मनोविज्ञान बुझेर अगाडी बढ्छ ।

अब अर्को कुरा मेरो यो लेख पढ्दा सबैलाई रिस उठन सक्छ यो पत्रकारले त भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने सिद्दान्त प्रस्तुत गर्यो । यदी हामी यो सोँच्छौँ भने हामी गलत हौँ ।

एउटा बिबाहमा नेतृत्व गएर फोटो मात्र खिचाइदिदा फेसबुकमा हालेर प्रदर्शन गर्न खोज्छौँ कि मेरो शक्ति वा नेता सम्म पहुँच छ भनेर । बिबाहमा गहिदिएको सट्टा भोट आउँछ भने उक्त सांसदले अब यो पटक ५० करोड खर्च भएको छ भने उस्ले त्यो पैसा भिख मागेर त लिँदैन ।

अब १ रुपैयाँमा कुनै बेला २ ल्याक्टो खाने म आज खानुपर्यो भने एउटालाई २ रुपैयाँ तिर्छु । अब उक्त संसदले लगाएको लगानी त निकाल्नै पर्यो निकाल्दा भ्रष्टाचार त्यहिँबाट सुरु हुन्छ । त्यसपछि ५ वर्ष पछिको लगानी  उक्त नेताले जम्मा गर्नु पर्यो ।

त्यो पनि त्यसबेला सायद त्यही चकलेट एउटालाई ५ रुपैयाँ पर्न जानेछ त्यस्को लागि अर्को भ्रष्टाचार गर्नै पर्यो । अरुको सिको गर्दै काठमाडौँमा घर बनाउनै पर्यो । अब आफ्नो बिजनेशको लगानी उठाउने कि नउठाउने ? भ्रष्टाचार गर्न पाउनु पर्यो की परेन ? एउटा साडी दिँदा पुरै घरको भोट आउँछ ।

अनि हामी भन्छौँ देश विकाश भएन । मेरो प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीले चुट्की बजाउँदैमा बिकाश हुन्छ र ? उनी नीति निर्माता कर्ता हुन् । बिकाश त गाउँ गाउँ मा आआफ्नो क्षेत्रमा २ किलोमिटर मात्र सडक बनाउन लगाउन सक्नुहुन्छ भने विकाशको पुर्वाधार भनेर चिनिने सडक ७७ जिल्लामा भयो भने देश स्वयं बन्छ ।

सांसदलाई ६ करोड दिने निर्णय भयो, के त्यो नेपाल सरकारको पैत्रीक सम्पत्ती हो ?  त्यो त हामी नेपालीले तिरेको, खाडिमा मरेर काम गरेकाहरुले पठाएको रेमिट्यान्स, ट्याक्स तथा भन्सार लगायत भ्याट नेपालीले तिरेको तिरो हो ।  संविधानमा स्पष्ट छ हामीले तिरेको कर हाम्रो लागि प्रयोग हुनेछ ।

तसर्थ मूर्ख म हुँ हामी समाजका ब्यक्ती हौँ किनकी राजनिती बिजनेस भैसकेको छ आउने ५ वर्ष पछिको चुनावको तयारीको लागी भ्रष्टाचार सुरु भैसकेको छ । कुनै बेला १ रुपैयाँमा २ वटा आउने ल्याक्टो चकलेट  आउने चुनावमा कति पर्ला ? र उक्त नेताले भ्रष्टाचार गर्लाकी नगर्ला ?

प्रश्नको उत्तर तपाँई हामिलाई थाहा छ । मेरो प्रश्न, देशमा भएका पार्टी कसरी चल्छन ? करोडौँ रुपैयाँको खर्च गरेर अधिवेशन तथा कार्यक्रम गरिन्छ ती पैसा पार्टीहरुका नेताले खोल्तीबाट त हाल्दैनन् । ती पैसा कहाँबाट आउँछ ? जय नेपाल आमा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!