अर्घाखाँची सिमेन्ट प्रालिद्वारा पीपीसी सिमेन्ट उत्पादन गरि बिक्री वितरण सुरु

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले पिपिसी सिमेन्ट उत्पादन गरी आइतबारदेखि नेपाली बजारमा ल्याएको छ । सो कम्पनीले यस अघि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको थियो । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले आइतबारदेखि पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो ।
कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पिपिसी सिमेन्टको उत्पादन थालेको जनाएको छ । कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मितको दनिश प्रविधिको भीआरएम मेशिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको जनाएको छ ।
एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइन मार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको जनाएको छ । अर्घाखाँची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने,‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पीपीसी सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!