मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार अझै बेपत्ता, गायक राजेश पायलले गरे अपिल

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन् ।

गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको छ । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर, नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ ।

तर, पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!