आगोले पोलेकोदेखि के के उपचार हुन्छ घ्युकुमारी अर्थात एलोबेराबाट ? कसका लागि हानिकारक हुनसक्छ ? (जान्नुहोस् नालीबेली)

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी,घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ।  त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ।

एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन।


कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ ।

मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

दाँत र गिजाको लागि

घ्युकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

पेटको लागि

घ्युकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ ।

घ्युकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

१. घ्युकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

२. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

३. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।

४. घ्युकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

५. घ्युकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

६. घ्युकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध     बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

७. तौल नियन्त्रण गर्नका लागि पनि घ्युकुमारीको जुस उपयोगी हुन्छ ।

८. घ्युकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प|mेशनरको रुपमा काम गर्छ ।

९. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।

१०. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।

११. घ्युकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।

१२. घ्युकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।

कसका लागि हानिकारक हुनसक्छ ?

घ्युकुमारीको प्रयोग सबैका लागि फाइदाजनक हुँदैन । कतिपय अवस्थामा यसले नराम्रो असर पनि गर्छ । खासगरी गर्भवती र स्तनपान गराइरहेका महिलाले घ्युकुमारीको जुस सेवन गर्नु हुँदैन । यो १२ बर्षभन्दा कम उमेरका बच्चाको लागि पनि असुरक्षित मानिन्छ ।

हृदय रोगीका लागि पनि घ्युकुमारी जुस राम्रो मानिदैन । किनभने यसले शरीरमा एड्रेनालाइन अत्याधिक मात्रामा उत्पन्न गर्न सक्छ । यसले शरीरमा पोटाशियमको मात्रा पनि कम गर्छ, जसले मुटुको धड्कन अनियमित गराउन सक्छ ।

आगोले पोल्यो ? घरेलु प्राथमिक उपचार गर्नुस् 

कुनै पनि समयमा साना ठुला दुर्घटनाको सिकार हुन्छौं जसले हाम्रो शरीरमा गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ । त्यसैले, हरेक समय सचेत भएर त्यस्ता दुर्घटनाबाट हुने स्वास्थ्य संकटको समाधानका लागी घरेलु तथा प्राथमिक उपचारबारे थाहा हुनु जरुरी छ ।

घर, कार्यालय, विद्यालयदेखि मोटरसाइकल, कार, ट्याक्सी, बस जहाँ पनि प्राथमिक उपचारका सामाग्री राख्नुपर्छ ।

हामीमध्ये अधिकांस चोट लागिहाले अस्पताल वा मेडिकल हल खोज्नतिर लाग्छौं, तर कुनै चोट यस्ता हुन्छन् जसलाई जतिसक्दो चाँडै उपचार गरिहाल्नुपर्छ ।

दैनिक क्रियाकलाप गर्दा होस् वा अन्य कुनै काम गर्दा हामीलाई आगोले पोल्ने गर्छ । तर हामीमध्ये कतिपयलाई आगोले पोलिहालेमा के गर्ने भनने ज्ञान नहुन सक्छ ।

आगोले पोलेमा तत्काल घरेलु प्राथमिक उपचार गरिहाल्नुपर्छ ।  कसरी गर्ने त पोलेको ठाँउमा घरेलु प्राथमिक उपचार ? वरको हरियो मुण्टा, कोपिला वा पातलाई पोलेर त्यसको खरानीमा गाईको दुधको तर वा नरिवलको तेल मिसाई पोलेको घाउमा दिनमा ३ देखि ४ पटक लगाउनेले घाउ सञ्चो हुन्छ । 

तुरुन्त शरीरबाट लुगा र गहनाहरु फुकाल्ने र पोलेको ठाँउमा कम्तिमा १५ देखि २० मिनेटसम्म धाराको चिसो पानी खन्याउने । घीउकुमारीको रस निकालेर लगाउनाले आगोले पोलेको घाउ निको हुनुका साथै आराम मिल्छ ।

काँचो आलु कुटेर लेप बनाई लगाउँदा पोलेको सन्चो भई फोका उठ्न दिदैन । यखि नजिकै साबुन छ भने साबुनलाई गोलभेंडाको रसमा मिसाएर मलम बनाई लगाउनाले पोलेको सन्चो भई फोका उठ्न दिदैन । गाँउ घरमा पाइने बयर पोलेर त्यसको खरानी तेलमा मिलाएर लगाए पनि पोलेको घाउ ठिक हुन्छ ।

बेकिङ सोडा स्बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण शरीरको कुनै पनि ठाँउमा बेकिङ सोडापानीले सफा गर्नु राम्रो हुुन्छ ।

दहीलाई पोलेको ठाँउमा लगाएमा पनि यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ । मह एक प्रकारको प्राकृतिक औषधि हो । यसले पोलेको ठाँउमा दुखाई कम गर्न मद्दत गर्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!