प्रहरी निरीक्षक आचार्यको सक्रियता : ९० किलो गाँजा बरामद

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन ,पुर्वी चितवनमा रहेको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य शान्तिसुरक्षाको मामिलामा पछिल्लोपटक निक्कै आक्रमक देखिएका छन् ।

केही महिना अगाडि पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर २ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको भण्डारा प्रहरीले उक्त घट्ना सेलाउन नपाउदै पुनः सोही नगरपालिका अन्तर्गत पर्ने वर्डा नम्बर १२ परखाल भन्ने स्थानबाट झन्डै ९० किलो गाँजा बरामद गर्न प्रहरी सफल भएको छ ।

प्रहरी निरीक्षक आचार्यका अनुसार बिशेष सुराकीका आधारमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको बताए । उनका अनुसार बरामद गरिएको गाँजा अहिले कार्यालयमा राखिएको छ भने बेच्नेहरुमाथि प्रहरीले ब्यापक रूपमा खोजी गरिरहेको छ ।

धादिङ र मकवानपुरको सीमाना पर्ने विकट बस्तीहरुमा लुकीछीपी गाजाँ खेती तथा तस्कर बढी हुने गरेको बताउदै उनल्र विकट वस्तीका कारण प्रहरीको पहुँच कम हुने यस गाजाँ तस्करहरुले गाँजा खेती गर्न लागउने गरेको उनको बुझाइ छ ।

गाँजा तस्कर विरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउदै लगेको प्रहरी निरीक्षक आचार्यले  गएको बैशाख महिनादेखि अहिलेसम्म ३ सय ५० केजी गाँजा बरामद गरि नष्ट गरेका छन् । शान्तिसुरक्षाको मामिलामा कसैसँग सौदाबाजी नगर्ने आचार्य नेपाल प्रहरीका कर्तब्यनिष्ठ प्रहरी अधिकारी मध्य गनिन्छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!