आफ्नै श्रीमतीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा अगमान पक्राउ

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कपिलवस्तु, आफ्नै ३९ वर्षीया श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!