रवी ओड र अस्मिता अधिकारीको ‘हामी किसानी’ सार्वजनिक

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानलमार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् ।

काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापालगायतका कालकारहरु देख्न सकिन्छ ।

उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पशु पालनलगायतका व्यवसायलाई प्रवद्र्धन गर्न प्रोत्साहीत गरेका छन् ।

पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाउँमा बाझो हुँदै गएको छ ।

गाउँ घरमा बृद्ध बृद्धा तथा बालबालिका मात्रै रहेको यथार्थलाई प्रस्तुत गर्दै गीतकारले भनेका छन् सबै मिलेर सामुहिक तथा आधुनिक खेती प्रणाली सुरु गरेमा विदेशी भुमीमा पसिना बगाउन नपर्ने बताएका छन् ।

मिहेनत गरेमा आफ्नै माटोमा मोती फलाउन सकिने र सुखी जिवन बिताउन सकिने कुरालाई गीतकार रुपाखेती शर्माले गीतमार्फत बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!