पत्रकार थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

न्यूयोर्क, अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ ।

बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सकृय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ ।

समुदायको हितका लागि काम गर्ने ब्यक्तीहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् ।

अवार्डमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौं लेखिएको छ ।

अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तीहरुको उपस्थीती रहेको थियो ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्पmत समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् ।

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!