नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुनिल संगम, लिस्बोन,  पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एबम नव आगन्तुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखी १ महिने प्रारम्भिक पोर्चुगाली भाषा कक्षा पुन: संचालन गर्ने भएको छ ।

जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेले जानकारी दिए अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा संचालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क मात्र लाग्ने छ ।

जुन शुल्क मसलन्दको लागि प्रयोग गरिनेछ साथै गैह्र-आवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरण एबम बिस्तार अभियानलाई बिशेष सहयोग पुर्याउन समितीको तर्फबाट पोर्चुगलको बिभिन्न स्थानमा बसोबास गर्नु हुने ब्यक्तिहरु सम्मिलित १०१ सदस्यिय कार्यदल निर्माण गरिएको जानकारी पनि सभापति घिमिरेले दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!