कमल थापाको आक्रोश– गोरिल्लाहरुले हिजो १७ हजार मारे, आज फेरी बम पड्काउँदै छन्

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्रको अन्त्यपछि मुलुक झन् विकराल अवस्थामा प्रवेश गरेको बताएका छन् ।

स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजतन्त्र समाप्त भएको १३ वर्षमा देशले केही गतिलो चिज पाउन नसकेको बताए ।

केपी सरकारले सुशासन कायम गर्न नसकेको र विप्लबलाई कमजोर सम्झेको भन्दै उनले तत्तकाल वार्ताबाट समस्या समधान गर्न आग्रह गरे ।

अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएको बताए ।

उनले परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह समेत गरे।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!