‘ कस्ले भन्यो ‘गीत मा अभिषेक र जुनाको रोमान्स

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , भनिन्छ ‘कोसिस गर्नेहरुको कहिले हार हुदैन’ । कलाकारितामा लाग्ने चाहनेहरुले निरन्तर कोसिस र धैर्यताले कुनै दिन उनीहरुको जिन्दगीमा ट्रनिङ पोइन्ट आउँछ। हरेक दिन नयाँ कलाकारहरुको आगमन नेपाली संगीत र सिनेमा क्षेत्रमा दिनानुदिन भैरहेको छ ।

नयाँ नयाँ टेस्टका गीत र भिडियोले नेपाली कला क्षेत्र भरिपूर्ण हुँदै छ । यस्तै केही दिन अघि नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्ले भन्यो’ सार्वजनिक गरेका छन् । 

गीत संगीतमा निकै रुचि राख्ने गायक भोटियाले यसअघि केही अडियो गीत सार्वजनिक गरिसकेका छन् । द डिभाइन म्युजिक को च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

‘कस्ले भन्यो’ बोलको यस गीत शब्द , संगीत र एरेन्जमेन्ट अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीत मा स्वर वाङ छिरिङ भोटियाको रहेको छ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन। भिडियोमा जुन सुन्दास र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । प्रथम क्षेत्रीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!