विश्वकप क्रिकेटलाई जुवा बनाउनेहरू परे प्रहरीको फन्दामा

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं, विश्वकप क्रिकेटको हारजितलाई जुवा बनाई खेल खेलाउने तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

हाल बेलायतमा जारी रहेको विश्वकप क्रिकेट र भर्खरै सकिएको च्याम्पियनसीप फुटबलमा च्याँखे थाप्न लगाउने बज्र प्रकाश लामा, बिधुत प्रकाश लामा र उमेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बज्रप्रकाश, विद्युतप्रकाश सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ र कार्की रामेछाप लिखु गाउँपालिका–२ का रहेकाछन् ।  उनिहरुले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि सट्टवाजी खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!