पत्रकारिता पेशालाई थप मर्यादित बनाउनु पर्ने : गापा अध्यक्ष विष्ट

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गुल्मी, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीको आयोजनामा एक हप्ते आधारभूत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ ।

तालिमको समापन समारोह बोल्दै प्रमुख अतिथि इश्मा गाँउपालिकाका अध्यक्ष लक्षमण विष्टले तालिमले आदिवासी जनजाती युवा युवतीहरुलाई माथी उठाउन सहयोग गरेको भन्दै अहिलेको २१ औ शताब्दीमा सञ्चार क्षेत्रको विकास तिव्र गतिमा भएको हाम्रो देशमा श्रम गर्ने बानीको विकास नहुदा स्वदेशमै बसेर श्रम गनु पर्नेमा जोड दिए । साथै उनले पत्रकारिता पेशालाई थप मर्यादित बनाउदै अगाडी बढ्न आग्रह गरे ।

सोही अवसरमा प्रेस सेन्टरका केन्द्रीय सचिव तथा प्रमुख प्रशिक्षक सोम बहादुर थापाले पत्रकारिताको क्षेत्रमा नमूना कार्यको थालनी गरिएको आयोजकलाई धन्यवाद दिदै यसको सबै स्थानीय तहहरुले सिको गनुपर्नेमा जोड दिदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सहभागिलाई आग्रह गरे ।

गत सोमवारदेखि शुरु गरिएको पत्रकारिता तालिममा गाँउपालिका वडा नं. १ देखि ४ वडा भित्रबाट गरि १६ जना जनजाती महिला पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

इश्मा गाँउपालिकाको लक्षित बर्गका कार्यक्रम अन्र्तगतको आर्थिक सहयोगले आदिवादी जनजाती युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पँहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश सारु मगरले जानकारी दिए । तालिमको समापन समारोहमा तालिममा सहभागी प्रशिक्षार्थी एवं प्रशिक्षकहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

तालिममा पत्रकार सोम बहादुर थापा, कौरव खत्री,मनु सुनार,गणेश सारु लगायतले  तालिममा प्रशिक्षण दिएका थिए । कार्यक्रम इश्मा गाउपालिका अध्यक्ष लक्षमण विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

भने नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश सारु मगरको अध्यक्षता रहेको तालिममा प्रशिक्षार्थी कमल गुरुङ्गको स्वागत मन्तव्यसँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए । तालिमको सञ्चालन भने इश्मा गापा वडा नं. २ पालुखा मावि छल्दी पनाहमा भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!