चोरीपैठारीका कपडामा नेपाली उत्पादनको ट्याग…….

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नक्कली विवरण देखाउँदै सरकारी अनुदानको अपचलन
रोशन कार्की

काठमाडौं । विभिन्न नाममा स्थापना भएका नेपाली सामानको उत्पादन गर्ने भन्दै दर्ता भएका उद्योगबाट अवैध धन्दा नै चलाएर सरकारसँग अनुदान लिँदै आएको पाइएको छ । खुला सिमानाको फाइदा उठाउदै आफूलाई नेपाली उत्पादक कम्पनीको लोगो देखाउँदै चोरी पैठारीबाट नेपाल भित्र्याइएका सामानमा ‘मेड इन नेपाल’ लेखिएको ट्याग झुण्डाएर सरकारी अनुदान लिई अपचलन गरेको भेटिएको छ । यसरी चोरीपैठारी गरी आफू खुसी तयार पारेको नक्कली सामान उत्पादनको विवरणलाई सरकारको सम्बन्धित निकायमा बुझाई लाखौँ रुपैयाँ अनुदान रकम लिँदै आएको गोप्य स्रोतले जनाएको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्राप्त जानकारीअनुसार खुला सिमानाको फाइदा उठाउँदै कपडा व्यवसायी र चिनी व्यवसायीबाट सो अवैध धन्दा नै सञ्चालन गरेको आरोप स्रोतको छ । ती व्यवसायीहरुबाट विभिन्न आधिकारिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क ९लोगो० समेत चोरी गरी नक्कली बनाई सामानमा टाँसेर बिक्रीवितरण गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । विभिन्न उत्पादक कम्पनीले बहुराष्ट्रिय कम्पनीदेखि आधिकारिक रुपमा दर्ता भएका कम्पनीको लोगोलाई नक्कली बनाएर गुणस्तरहीन सामानमा टाँसी बिक्रीवितरण भएको भन्दै दर्जनौं उजुरी सम्बन्धित निकायमा परे पनि त्यसप्रति अहिलेसम्म कसैलाई पनि कारबाही गर्न सरकारले सकेको छैन ।

पछिल्लो समय सरकारले नेपाली उत्पादक कम्पनीहरुलाई लक्षित गरी विद्यमान ऐन नियमलाई खुकुलो बनाएपछि त्यसैको फाइदा उठाउँदै नेपाली व्यापारीहरुद्वारा अत्यधिक मात्रामा चोरीपैठारीका सामान नेपाल भित्र्याउने गरेका छन् । भारत र चीनबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामानहरुलाई सरकारबाट सहुलियत लिनकै लागि नक्कली नेपाली उत्पादनको ट्याग लगाउँदै महँगोमा बिक्रीवितरण गरिदै आउदा समेत सरकारले सो बारे कुनै अनुसन्धान समेत गर्ने आँट गरेको छैन ।

सरकारले दिएको सहुलियतको अवैधरुपमा फाइदा उठाउँदै देशमा आवश्यक कपडालाई नेपाली उत्पादनको नाम दिएर करोडौँ रुपैयाँको कर समेत छली गर्दै आएका छन् । भारत र बंगलादेशबाट चिनीको भन्सार छली गरी नेपाल भित्राउदै आएका व्यापारीबाटै नेपाली उत्पादनको भन्दै महँगोमा बेच्न सम्बन्धित व्यवसायीहरुले रातारात भन्सार दर वृद्धि गर्न भन्दै दबाब दिएर महँगोमा चिनी बिक्री गरेझैँ अहिले कपडामा सो खेल भइरहेको छ ।

नेपाली कपडा उद्योग संघकै जिम्मेवार पदाधिकारीहरुकै प्रत्यक्ष संलग्नतामा ९० प्रतिशत कपडा चोरीपैठारीबाट नेपाल भित्रिने गरेको संघकै अध्यक्ष शैलेन्द्रलाल प्रधानले एक पत्रकार सम्मेलनमा स्वीकारेसँगै देशमा अवैधरुपमा विदेशमा उत्पादन भएका कपडाहरु खुलेआम नेपाल भित्रिने गरेको पुष्टि भएको छ । कपडा उद्योग संघकै पदाधिकारीहरुकै संलग्नतामा ९० प्रतिशत कपडा र धागो चोरीपैठारी गरी ल्याएको र बाँकी १० प्रतिशत अन्य व्यक्ति र व्यवसायीहरुले भित्र्याउने गरेको अध्यक्ष प्रधानले स्वीकारेसँगै हालै अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र०७७ को बजेटमा समाबेश गरेको छुटका कारण पनि अवैधधन्दा फैलिने निश्चित भएको छ ।

यही जेठ १५ गते अर्थमन्त्री खतिवडाले जारी गरेको बजेटमा कपास, रेशम, उन र वनस्पति रेसाजन्य धागो उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी कपडा उपभोगलाई प्रोत्साहन गरिने उल्लेख छ । यसैगरी, स्वदेशी कपडा उद्योगको उत्पादनलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगहरुले उपयोग गर्ने विद्युत् महसुलमा ५० प्रतिशत र बैंकबाट लिने कर्जामा ५ प्रतिशत विन्दुले ब्याज अनुदान दिने उल्लेख गरेसंगै चोरीपैठारीको सामान नेपाल भित्रिने कार्यमा तीव्रता आएको छ ।

सरकारले बजेटमार्फत दिएको सो अनुदान रकम सम्बन्धित किसानमाथि लगानी गर्नुपर्ने प्रावधानलाई समेत व्यवसायीहरुले बेवास्ता गरी आप्mनै स्वार्थमा खर्च गरेको पाइएको छ । भारत, चीनसहित तेस्रो मुलुकबाट चोरीपैठारी भई तथा न्यून बीजकीकरणमा भित्रिने धागो तथा कपडाहरुको कारण राज्यले ८५ अर्ब रुपैयाँभन्दा बढीको राजस्व समेत गुमाउँदै आएको छ । सम्बन्धित संघ र संगठनको नाममा रहेको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीहरुले नै चोरीनिकासी गरेर कपडा नेपाली बजारमा स्वदेशी उत्पादन भन्दै बिक्री गर्दै आएका छन् ।

नेपाली व्यापारीहरुले नै अवैध रुपमा भारतबाट धागो र कपडा नै चोरीपैठारी गरेर ल्याउने गरेकाले नेपाली उद्योग धराशायी हुँदै गएको हो । अवैधरुपमा आयात हुँदै आएको धागो र धागोजन्य वस्तुहरुलाई निरुत्साहित गर्न भन्सार विन्दुमा कडाइ गरी न्यून बीजकीकरणलाई निरुत्साहित गर्न संघले सरोकारवाला मन्त्री एवं सचिवहरुको ध्यानाकर्षणसमेत गराए पनि यसमा अहिलेसम्म कुनै चासो सरकारले दिएको छैन । कपडा उद्योग संघकै पदाधिकारीहरुको योजनामा भारतबाट चोरीपैठारी गरी ल्याउने र राजधानीमा भने पत्रकार सम्मेलन गरेर सरकारका कारण नेपाली उद्योगहरु धराशायी बनाएको भन्दै आरोप समेत लगाएका छन् । भारतीय बजारबाट ठूलो परिमाणमा धागो नेपालमा ‘डम्पिङ’ भइरहेको स्थिति छ । अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा नेपालमा आयात भइरहेका छन् ।

स्वदेशी उद्योग सञ्चालन गरेको भन्दै उच्च नेताको घरमा बसेर ‘सेटिङ’ मिलाउँदै नेपाल कपडा उद्योग संघका पदाधिकारीहरु लागिपरेकै कारण उद्योग धराशायी हुँदै गएको आरोप सम्बन्धित निकायले लगाएका छन । स्वदेशी कपडा उद्योगको उत्पादनले मुलुकमा ९० प्रतिशत भारत, चीनलगायतका तेस्रो मुलुकबाट चोरी पैठारी हुँदै आएको छ । नेपाल कपडा उद्योग संघकै अध्यक्ष शैलेन्द्रलाल प्रधानले स्वीकारे पनि सो बारे अनुसन्धान गरी कारबाही भने गर्न सरकारले गरेको छैन । संघका उपाध्यक्ष जितेन्द्र लोहिया, अध्यक्ष प्रधानसहितका केही पदाधिकारीहरुले नै भारतबाट कपडा चोरीपैठारी गरी नेपाल भित्र्याएर महंगोमा नेपाली उत्पादनको नाममा बिक्री गर्दै आएको आरोप लागेको छ ।

सो सम्बन्धमा पटक–पटक अध्यक्ष प्रधानलाई फोन सम्पर्क गर्दा उनले फोन ‘रिसिभ’ गरेनन् । चोरीपैठारी कार्यमा सक्रिय नेपाली व्यवसायीहरु नै विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकिएको भन्दै सरकारले नेपाली कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर९भ्याट० को छुट दिनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । नेपालमा वार्षिक कति कपडा खपत हुन्छ र ती कुन–कुन माध्यमबाट आइरहेका छन् भन्ने आँकडासम्म सरकारसँग नहुने भएकाले पनि व्यापारीहरुलाई चोरीपैठारी गरी नेपाल भित्राएका कपडालाई नेपालमा उत्पादन भएको भन्दै नक्कली विवरण तयार गरेर सरकारलाई बुझाउँदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!