करिब २ लाख मुल्य बराबरको भन्सार छलि ल्याएको कपडा बरामद

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको करिब २ लाख मूल्य बराबरको तयारी कुर्ता शुरुवाल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.३ ख.७३५८ नम्बरको बस जाँच गर्दा बसमा लुकाई छिपाई राखेको उक्त कपडाहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!