एक हप्ते आधारभूत पत्रकारिता तालिम सञ्चालन

- June 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कौरव खत्री, गुल्मी, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीको आयोजनामा एक हप्ते आधारभूत पत्रकारिता तालिम गुल्मीमा सञ्चालन भइरहेको छ ।

इश्मा गाँउपालिका २ छल्दी पनाहमा सञ्चालित तालिममा गाँउपालिका वडा नं. १ देखि ४ वडा भित्रबाट गरि १६ जना जनजाती महिला पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

इश्मा गाँउपालिकाको लक्षित बर्गका कार्यक्रम अन्र्तगतको आर्थिक सहयोगले आदिवादी जनजाती युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पँहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरिएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश सारु मगरले जानकारी दिए ।

तालिममा पत्रकार कौरव खत्री,मनु सुनार,गणेश सारु लगायतका प्रशिक्षकहरुले सुचना सञ्चार एवं समाचार लगायतका विषयमा तालिममा प्रशिक्षण दिएका थिए । तालिम २२ गतेसम्म सञ्चालन हुने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!