भन्सार छली ल्याउँदै गरेको कपडा सहित किशोर पक्राउ

- June 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्सा, भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेका विभिन्न कपडाहरु सहित बीरगंज महानगरपालिका-१ बस्ने ५० वर्षीय नवल किशोर दास तत्मालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिका-२ छप्कैयाबाट साडी ४६ थान र थानको कपडा ८ थान सहित नवल किशोरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप आवश्यक कारवाहीको लागि प्रहरीले बीरगंज भन्सार कार्यालय बुझाउने छ ।

यसैगरी पर्सा बीरगंज महानगरपालिकाका बिभिन्न स्थानबाट भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेका विभिन्न रेडिमेट कपडा ९० थान, थानको कपडा २ बण्डल, जिन्स पाईन्ट १२ थान, सर्ट फराक ९४ थान, फुल सर्ट २८ थान, थानको कपडा ७ थान, साडी ४ थान, मटर (केराउ) ५० किलो र साईकल १ थान समेत शनिबार प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका कपडाहरु आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!