गीतकार तथा गायक बेग रानाको ‘छोटो छोटो…’ मा समिर र सोनीकाको रोमान्स

- May 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ , पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो…’ सार्बजनिक भएको छ ।

करिब २ दर्जन गीतहरु निकालिसकेका रानाले अहिले भने ‘छोटो छोटो…’ सार्बजनिक गरेका हुन् ।

गीतमा गायक बेग रानाको आबाज रहेको छ । उनलाई गायिका सोनु श्रेष्ठको रहेको छ । गीतको लय, शब्द बेग रानाकै रहेको छ ।

भिडियोमा एकदमै आशालाग्दो चर्चित मोडल समिर खान र सोनीका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक निशान एस केको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरीको रहेको छ ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यावस्थापन गरेको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!